उपप्रधानमन्त्री लामिछानेले मिठाई बाँडेर गरे नयाँ वर्षको सुरुवात « Khabarhub

उपप्रधानमन्त्री लामिछानेले मिठाई बाँडेर गरे नयाँ वर्षको सुरुवात


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिएका छन् । 

नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीमा सुरक्षामा खटिएका प्रहरी, चालक र यात्रुहरूलाई मिठाई बाँडेर शुभकामना आदान प्रदान गर्दै गृहमन्त्री लामिछाने नागरिकका गुनासा सम्बोधन हुने गरि सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिएका हुन् ।

सो क्रममा उनले प्रहरीका गुनासा र समस्याहरूप्रति जानकार रहेको भन्दै प्याकेजमा नै समाधान गर्न छलफल गरेर काम गरिरहेको धारणा राखे । उनले नेताको चाकडी नभइ जनताको हितमा काम गरे संगठनमा बलियो रुपमा स्थापित हुन सक्ने बताए ।

त्यस्तै गृहमन्त्री लामिछानेले उपत्यकालाई २४ घण्टा नै चलायमान बनाउँदै आर्थिक अवस्था र रोजगारको सिर्जना गर्न सकिने उल्लेख गरे । २४ घण्टा नै व्यवसाय सञ्चालन गर्दा नियम र कानून कडाइका साथ पालना गराइने र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने उनको भनाइ छ । 

त्यस्तै गृहमन्त्री लामिछानेले आगामी दिनमा बिभिन्न कार्यक्रमहरू कार्यान्वयनमा लिएर आउने धारणा राखे ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ४ : २६ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६