आईपिएलको यो सिजनमा कसले कति छक्का प्रहार गरे ? « Khabarhub

आईपिएलको यो सिजनमा कसले कति छक्का प्रहार गरे ?

पहिलो नम्बरमा अभिषेक र दोस्रोमा विराट


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपिएल जारी छ। प्लेअफ लडाइँ जारी रहँदा धेरै टिमले कुल १४ मध्ये १२ वटा खेल खेलिसकेका छन्। अहिलेसम्म ११ सय ५ वटा छक्का र १९ सय १३ वटा चौका प्रहार भएका छन्।

सनराइजर्स हैदरावादका अभिषेक शर्माले सबैभन्दा बढी ३५ वटा छक्का प्रहार गरेका छन्। उनले १२ खेलमा दुई अर्धशतक बनाउँदा अहिलेसम्म सबैभन्दा बढी छक्का प्रहार गरेका हुन्।

अभिषेक शर्मा ।

रोयल च्यालेन्जर्स बंग्लोरु (आरसिबी)का विराट कोहली सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्। १३ खेल खेलेका उनले ३३ वटा छक्का प्रहार गर्दा एउटा शतक र पाँच अर्धशतक बनाएका छन्।

कोलकाता नाइट राइडर्सका सुनिल नारायन ३२ वटा छक्का प्रहार गर्दै यो सूचीमा तेस्रो नम्बरमा छन्। १२ खेल खेलेका उनले एक शतक र तीन अर्धशतक बनाउँदा ३२ वटा छक्का प्रहार गरेका हुन्।

विराट कोहली ।

सनराइजर्स हैदरावादका ट्रेभिस हेड, हैदरावादकै हेनरिक क्यालसन र राजस्थान रोयल्सका रियान परागले समान ३१-३१ वटा छक्का प्रहार गरेका छन्। रनरेटको आधारमा ११ खेलमात्र खेलेका हेड अगाडि छन्।

दिल्ली क्यापिटल्सका जेक फ्रेजर म्याकगुक र चेन्नई सुपर किंग्सका शिवम दुवेले समान २८-२८ वटा छक्का प्रहार गरेका छन्। दिल्लीका फ्रेजरले मात्र ८ खेलमा २८ छक्का प्रहार गर्दा चार अर्धशतक बनाएका छन्। दुवेले भने १३ खेलमा २८ छक्का प्रहार गर्दा तीन अर्धशतक बनाएका छन्।

आरसिबीका रजत पाटीदारले २७ वटा छक्का प्रहार गरेका छन्। १३ खेल खेलेका उनले पाँच वटा अर्धशतक बनाउँदा २७ वटा छक्का प्रहार गरेका हुन्। दिल्ली क्यापिटल्सका ऋषभ पन्तले १२ खेलमा २५ वटा छक्का प्रहार गर्दा तीन अर्धशतक बनाएका छन्।

सुनिल नारायन ।

निकोलस पुरन र फिलिप साल्टले २४-२४ वटा छक्का प्रहार गर्दा ट्रिस्टन स्टब्सले २२, दिनेश कात्तिक र शशांक सिंहले समान २१-२१ वटा छक्का प्रहार गरेका छन्।

रोहित शर्मा २०, तिलक बर्मा १९, विलियम ज्याक्स, सूर्यकुमार यादव र रितुराज गायकवाडले समान १८-१८ वटा छक्का प्रहार गरेका छन्।

नितिशकुमार रेड्डी र फाप्लु डि प्यालेसिसले १७-१७ वटा छक्का प्रहार गरेका छन् भने आन्द्रे रसेल, प्रभ शिमरन सिंह, केएल राहुल, शाही सुदर्शन, मार्कस स्टोनिस, इशान किसनसहित ६ ब्याट्सम्यानले समान १६-१६ वटा छक्का प्रहार गरेका छन्।

ट्रेभिस हेड ।

टिम डेभिड र शुभमन गिलले समान १५-१५ छक्का प्रहार गर्दा आशुतोष शर्मा र जोनाथन बेयरस्टोले समान १४-१४ वटा छक्का प्रहार गरेका छन्।

यशस्वी जैसवालले १३ छक्का प्रहार गर्दा रामदीप सिंह, महेन्द्रसिंह ध्वनी, जोस बटलर, वैंकटेश अय्यरले समान १२-१२ वटा छक्का प्रहार गरेका छन्। शाहवाज अहमदले ११ छक्का प्रहार गर्दा शाही होप, डेबिड वार्नर, अक्षर पटेल, श्रीयर अय्यर, डेरिल मिचेल र हार्दिक पाण्डेयाले समान १०-१० वटा छक्का प्रहार गरेका छन्। ४० ब्याट्सम्यानबाहेक अन्यले भने दोहोरो अंकमा छक्का प्रहार गर्न सकेका छैनन्।

महेन्द्रसिंह ध्वनी ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : २८ बजे

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६