उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा « Khabarhub

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

उनले राजीनामा पत्रमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

मधेस प्रदेशमा आइतबार नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि यादव संघीय सरकारबाट बाहिरिएका हुन् ।

यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २ महिना अघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।

यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ११ : ४१ बजे

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक