कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने | Khabarhub Khabarhub

कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकबाट कार्कीलाई विश्वासको मत दिने निर्णय भएको हो ।

गत फागुन २१ गते बनेको केन्द्रीय सत्ता गठबन्धनमा फागुन २९ गते मिसिएको एकीकृत समाजवादीले कोशीमा पनि आफूलाई सत्ता पक्षमा उभ्याउने निर्णय गरेको हो ।

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई यसअघि सरकारलाई विश्वासको मत नदिने अडानमा थिए ।

तर अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूको निर्देशनपछि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन उनी तयार भएका हुन् ।

दलका नेता राईले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यसअघि कार्की सरकारलाई विश्वासको मत नदिने बताउँदै आएका थिए ।

राईले सुदुरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीलाई विश्वासको मत दिन एमालेले नमानेको भन्दै आफूले कार्की सरकारलाई नसघाउने बताइरहेका थिए ।

तर, आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई आग्रह गरेको बताइएको छ ।

एकीकृत समाजवादीसँगै कोशीमा जनता समाजवादीकी निर्मला लिम्बूले पनि विश्वासको मत दिने भएकी छन् ।

यसअघि गत वैशाख २७ गते कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ सहित ५२ जना सांसदले समर्थन गरेका थिए । त्यसपछि लिम्बू पनि कार्कीको पक्षमा उभिएकी थिइन् ।

एकीकृत समाजवादीको निर्णयसँगै कार्की पक्षमा एमालेका ३९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ५७ जना सांसद भएका छन् । यहाँ बहुमतका लागि ४७ सांसद भए पुग्छ ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कार्कीलाई एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिँदा बलियो बहुमत मिलेको छ ।

कोशी प्रदेशमा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ०३ बजे

भारतमा रेलको टिकटमै अपरेशन सिन्दुरको लोगो र मोदीले सलाम ठोकेको फोटो छाप्न थालियो

काठमाडौं– भारतमा रेलको टिकटमै अपरेशन सिन्दुरको लोगो छाप्न थालिएको छ

विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर

रेशम र सीकेबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्छ : रञ्जिता

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम

‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’

काठमाडौँ– भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२

गभर्नर नियुक्तिमा भड्किएको काङ्ग्रेस मनाउन ओलीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति भागबण्डालाई लिएर प्रमुख