उपेन्द्रको राजीनामापछि अशोकले भने, ‘अब मधेसबाट पनि उहाँहरूलाई बिदा गर्छौँ’ | Khabarhub Khabarhub

उपेन्द्रको राजीनामापछि अशोकले भने, ‘अब मधेसबाट पनि उहाँहरूलाई बिदा गर्छौँ’


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनमा मिसिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दुई महिनमै केन्द्र सरकारबाट बिदा भएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सत्ता गठबन्धन ढालेर नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेको आरोप लागेका उनले एकसाथ पार्टी विभाज र सत्ताबाट बहिर्गमनको पीडा खेप्नु परेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मिलेर नयाँ सत्ता समीकरणको खेलमा लागेको आरोपको खण्डनसमेत गर्न नपाई उनले पार्टी विभाजनको पीडा भोग्न बाध्य भए ।

अमेरिकामै रहेका बेला जसपा विभाजनको पीडा खेपेकाे उनले सोमबार संघीय सरकारबाट बिदा लिएका छन् । उता मधेसमा पनि उनी नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । जहाँबाट जसपाका सरोजकुमार यादवले सत्ताबाट हात धुने निश्चित भएको छ । उता एमालेका सरोज यादव मुख्यमन्त्रीका लागि तम्तयार भइसकेका छन् ।

यसबीचमा गत आइबार जसपा विभाजन गरेर नयाँ जसपा बनाएका अध्यक्ष अशोक राईले अब मधेसबाट पनि उपेन्द्र यादवलाई बिदा गरिने बताए ।

राईले जसपा नेपाललाई मधेस सरकारबाट पनि बिदा गर्नुको विकल्प नभएको बताएका छन् ।

यादवले केन्द्र सरकारबाट बिदा लिएपछि सोमबार खबरहबसँग कुरा गर्दै अध्यक्ष राईले अब मधेसमा पनि जसपा नेपालले तत्काल सरकार छाडेर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

उनले भने, ‘आफ्नै सरकारविरुद्ध षड्यन्त्र रचेपछि कहाँ हुन्छ र? अल्पमतमा परिसकेकाले मधेसबाट पनि उहाँहरूले बिदा लिनुपर्छ ।’

राईले उपेन्द्र यादवले छाडेको स्वास्थ्य मन्त्रालय पनि आफूहरूको भागमा आउने दाबी गरेका छन् । उनले भने, ‘यसबारे हामी प्रधानमन्त्रीसँग छलफलमा छौँ ।’

उनले मधेस प्रदेशका ५ भन्दाबढी प्रदेश सदस्य आफू नेतृत्वको जसपामा खुल्ने दाबी गरे । ‘सनाखत भएको बेला साथीहरू आउनुहुन्छ’, राईले भने, ‘अहिले हल्ला नगरिएको मात्रै हो ।’

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : १३ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ