अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धबीच पुटिनले सर्गेइलाई रक्षामन्त्रीबाट हटाए 

By खबरहब

May 13, 2024

काठमाडौं– युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरुवा गर्न लागेका छन् । ६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन् । राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा सोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्वपूर्ण भूमिका रहेको छ । रुसी सरकारी दस्तावेजबाट राष्ट्रपति पुटिनले सोइगुलाई सुरक्षा परिषद्को प्रमुखको महत्वपूर्ण जिम्मेवारी लिन चाहेको खुलासा भएको छ ।

शोइगुलाई पुटिनको नजिक मानिन्छ र कुनै सैन्य अनुभव बिना रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सोइगु पेशाले सिभिल इन्जिनियर हुन् । १९९० मा, शोइगु आपतकालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भए ।

राष्ट्रपति पुटिनले भर्खरै रुसमा भएको आम निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी पाँचौं पटक पद तथा गोपनीयताको शपथ लिएका छन् ।