कांग्रेसले भन्यो : रविबारे छानबिन समिति नबनाइए राष्ट्रपतिलाई अवरोध हुन सक्छ « Khabarhub

कांग्रेसले भन्यो : रविबारे छानबिन समिति नबनाइए राष्ट्रपतिलाई अवरोध हुन सक्छ


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरिए राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध गर्ने संकेत गरेको छ ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो संकेत गरेका हुन् ।

उनले खबरहबसँगको कुराकानीका क्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भनेको भनिएको सहकारी प्रकरण छानबिनका लागि सत्ता पक्षले संसदीय छानबिन समिति गठन नगर्दासम्म संसद्मा अवरोध जारी रहने बताए ।

‘सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति गठन हुनु पर्ने हाम्रो अडान यथावत छ। पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि यही विषयमा छलफल भयो,’ प्रवक्ता महतले भने, ‘संसदीय छानबिन समिति गठन नभए बाध्य भएर राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नबाट रोक्ने स्थिति आउन सक्छ ।’

कांग्रेसले संसदीय छानबिन समिति गठनको मागलाई निरन्तरता दिने अडान कायमै राखेको छ।

‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने मागमा पार्टीको अडान कायमै छ,’ महतले भने, ‘सरकारले संसदीय छानबिन समिति गठन नगर्दासम्म संसदको अवरोध कायमै रहन्छ ।’

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १ : ०१ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा