कांग्रेसले भन्यो : रविबारे छानबिन समिति नबनाइए राष्ट्रपतिलाई अवरोध हुन सक्छ « Khabarhub

कांग्रेसले भन्यो : रविबारे छानबिन समिति नबनाइए राष्ट्रपतिलाई अवरोध हुन सक्छ


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरिए राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध गर्ने संकेत गरेको छ ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो संकेत गरेका हुन् ।

उनले खबरहबसँगको कुराकानीका क्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भनेको भनिएको सहकारी प्रकरण छानबिनका लागि सत्ता पक्षले संसदीय छानबिन समिति गठन नगर्दासम्म संसद्मा अवरोध जारी रहने बताए ।

‘सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति गठन हुनु पर्ने हाम्रो अडान यथावत छ। पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि यही विषयमा छलफल भयो,’ प्रवक्ता महतले भने, ‘संसदीय छानबिन समिति गठन नभए बाध्य भएर राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नबाट रोक्ने स्थिति आउन सक्छ ।’

कांग्रेसले संसदीय छानबिन समिति गठनको मागलाई निरन्तरता दिने अडान कायमै राखेको छ।

‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने मागमा पार्टीको अडान कायमै छ,’ महतले भने, ‘सरकारले संसदीय छानबिन समिति गठन नगर्दासम्म संसदको अवरोध कायमै रहन्छ ।’

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १ : ०१ बजे

आजको मौसम पूर्वानुमान : काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस मापन

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

हाम्रा पर्व विविधतामा एकता चिनाउने अवसर हुन् : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई

एनपीएलमा आज दुई खेल : दुई कुशलसँग भिड्दै करण र दीपेन्द्र

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार

पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे बार हटाइयो

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा