श्रीलंकाका पूर्वराष्ट्रपति सिरिसेनाले दिए एसएलएफपीको अध्यक्षबाट राजीनामा | Khabarhub Khabarhub

श्रीलंकाका पूर्वराष्ट्रपति सिरिसेनाले दिए एसएलएफपीको अध्यक्षबाट राजीनामा


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

कोलम्बोश्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)को अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले मन्त्री विजयदास राजापक्षेलाई आफ्नो स्थानमा नियुक्त गरेका छन्  ।

सिरिसेनाको नेतृत्वमा रहेको एसएलएफपी गुटले आइतबार कोट्टेको एक होटलमा उनलाई भेटेपछि यो नियुक्ति गरिएको हो । मतदानपछि राजापक्षेलाई पार्टीको नयाँ अध्यक्षमा नियुक्त गरिएको थियो ।

यसै क्रममा वकिल कीर्ति उदावत्तेलाई पनि एसएलएफपीको कार्यवाहक महासचिवमा नियुक्त गरिएको छ । यद्यपि पूर्वराष्ट्रपति चन्द्रिका कुमारतुङ्गाको नेतृत्वमा रहेको एसएलएफपी गुटले नियुक्तिलाई मान्यता नदिएको बताएको छ ।

कोलम्बो गजेटका अनुसार पार्टीका सांसद दुमिन्दा दिसानायकले सिरिसेनाले गरेको नियुक्ति ‘अवैध’ भएको बताएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : १७ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र