कांग्रेसको बहिष्कारबीच मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत « Khabarhub

कांग्रेसको बहिष्कारबीच मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

वैशाख २७ गते संविधानकाे धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले विश्वासको मत लिनका लागि अहिले बैठक बसिरहेको छ ।

कार्कीलाई एमालेका ३९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ मध्ये ३ र जसपाकाे १ सांसदले मत दिँदै छन् ।

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई बैठकमा अनुपस्थित छन् । उनी पार्टी पोलिट्ब्युरो बैठकका लागि काठमाडौंमा छन् ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । तर कार्कीको पक्षमा ५७ मत देखिएको छ ।

विश्वासको मतका लागि बसेको बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट हालिएकाले त्यसको किनारा नलागुन्जेल विश्वासको मत लिन नहुने पक्षमा कांग्रेस थियो ।

प्रतिपक्षी दलकाे प्रतिनिधित्व गर्दै प्रदेशसभामा राप्रपा उपस्थित छ ।

मुख्यमन्त्री कार्कीद्ये सर्वोच्चमा चलिरहेको मुद्दाबारे पनि बोले । उनले अदालतले दिने निर्णयलाई आफूले मानेर जाने बताए । संविधानवादमा विश्वास गर्ने भएकोले संविधानका प्रावधान र विधिशास्त्रलाई मान्ने उनको भनाइ छ ।

‘सबै सांसदको आशा, भरोसा र टुट्न दिने छैन । प्रदेशबासीको शिर झुक्न दिने छैन,’ कार्कीले सम्बोधनका क्रममा भने ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : ३७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का