गोयलको अलकत्रामा गडबडी, महासंघ भन्छ-क्षतिपूर्ति देऊ « Khabarhub

गोयलको अलकत्रामा गडबडी, महासंघ भन्छ-क्षतिपूर्ति देऊ

गुणस्तरहीन बिटुमिन बेचेका गोयल क्षतिपूर्ति नतिर्ने अडानमा


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडक कालोपत्रे गर्दा प्रयोग गरिने अलकत्रा (बिटुमिन) को मुख्य बिक्रेता सुरेन्द्रकुमार गोयलको स्वामित्वमा रहेको अरबिन्द इम्पोरियमले नेपालमा कम गुणस्तरको बिटुमिन बेचेको खुलासा भएको छ ।

कम गुणस्तरको बेचेको परीक्षणबाट खुलेपछि निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले औपचारिक रुपमा पत्र नै लेखेर गोयलको कम्पनीबाट बिटुमिन खरिद नगर्ने चेतावनी दिएको छ ।

महासंघका महासचिव रोशन दाहालले बैशाख १० गते अरविन्द इम्पोरियमलाई पत्र लेखेर भनेका छन्, ‘यस महासंघका सदस्य वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिलाई त्यस अरविन्द इम्पोरियम प्रालिले गुणस्तरहीन बिटुमिन सप्लाई गरेको जानकारी प्राप्त भएको व्यहोरा जानकारी गराउँदै सोप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

कमसल बिटुमिन सप्लाई गरेर वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन, दाङको घोराही उपमहानगरपालिका र नेपाल सरकारलाई समेत मारमा पारेको भन्दै महासंघले विकास निर्माणको काममा भएको सम्पूर्ण हानी नोक्सानीको क्षतिपूर्ति दिन भनेको छ ।

महासंघले गोयलको कम्पनीलाई लेखेको पत्रमा भनिएको छ, ‘सप्लाई कम्पनीले उक्त निर्माण कम्पनीलाई भएको आर्थिक क्षतिपूर्ति नदिएको खण्डमा महासंघ सबै निर्माण व्यवसायी सदस्यहरुलाई त्यहाँ कम्पनीको बिटुमिन खरीद नगर्न नगराउन भनी पत्राचार गर्न बाध्य हुने व्यहोरासमेत अवगत गराउँदछौं ।’

हेर्नुहोस् महासंघले गोयलको कम्पनीलाई लेखेको पत्र

घोराही उपमहानगरको ठहर : बिटुमिन गुणस्तरहीन देखियो

दाङको घोराही उपमहानगरपालिकासँग वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले घोराही चोकदेखि गुलरिया पार्कसम्म १.८ किलोमिटर सडक पिच गर्ने सहायक ठेक्का लिएको थियो ।

उक्त ठेक्काको रकम भुक्तानी गर्नुपूर्व उपमहानगरको योजना शाखाले अनुगमन गर्दा सडकमा प्रयोग गरिएको बिटुमिन गुणस्तरहीन रहेको पत्ता लागेको थियो । लगत्तै उपमहानगरपाकिलाले बिटुमिन परीक्षणका लागि ल्याबमा पठाउने निर्णय गरेको थियो ।

निर्माण कम्पनीले कालोपत्रे गर्ने क्रममा गोयलबाट किनेको बिटुमिन कम गुणस्तरको रहेको जिईओ टेस्टिङ इञ्जिनियरिङको ल्याब टेष्टबाट खुल्यो ।

तर, बिटुमिन बेच्ने गोयलले भने ‘जिईओ टेस्टिङ इञ्जिनियरिङ’को ल्याब नेपाल गुणस्तर नापतौल विभागसँग आवद्ध नभएको भन्दै त्यसको रिपोर्टलाई नमान्ने बताएका थिए । तर, उपमहानगरपालिकाले उक्त बिटुमिन सडक विभाग अन्तरगतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्र ललितपुर चाकुपाटमा परीक्षणका लागि पठायो ।

गत साल बैशाख २५ गते चाकुपाटले पनि उक्त बिटुमिन VG10 मा हुनुपर्नेमा गुणस्तर नभएको प्रतिवेदन दियो ।

हेर्नुहोस् घोराही उपमहानगरपालिकाको प्रतिवेदन

यही प्रतिवेदनका आधारमा घोराही उपमहानगरपालिकाले उक्त सडक निर्माणको भुक्तानी अहिलेसम्म रोकेर राखेको छ ।

बिटुमिन गुणस्तरहीन भएका कारण उपमहानगरपालिकाले सडक बनाए वापतको भुक्तानी रोकेर राखे पनि निर्माण कम्पनीले राखेको बैंक ग्यारेन्टीबाट करिब १ करोड रुपैयाँ भने गोयलले रातारात भुक्तानी लिइसकेका छन् ।

वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक कृष्णप्रसाद वलीले नबिल बैंकलाई बिटुमिनको गुणस्तर टुंगो नलाग्दासम्म भुक्तानी रोकिदिन पत्राचार गरेका थिए । तर, नबिल बैंकले वलीको मागको सुनुवाई गरेन, गोयललाई करिब ९८ लाख रुपैयाँ भुक्तानी दियो ।

कमसल बिटुमिन बिक्री गरेको ल्याबबाटै पुष्टि भए पनि गोयलले भने अहिलेसम्म क्षतिपूर्ति दिन मानेका छैनन् । महासंघबाट औपचारिक रुपमा पत्र गए पनि गोयलले क्षतिपूर्ति नतिर्ने अडान लिएको स्रोतको भनाइ छ ।

देशैभरिको सडकमाथि प्रश्न

यो त भयो, दाङ घोराहीको सडकको कुरा । तर, नेपालको सबैभन्दा धेरै बिटुमिन बिक्रेताका रुपमा रहेको गोयल ग्रुपले देशैभर बेच्दै आएको बिटुमिनको गुणस्तर यही हो भने नेपालका सडकहरुको गति के भएको होला ? यो गम्भीर प्रश्न उब्जेको छ । जसबारे सरकारले ध्यान दिनुपर्ने देखिएको छ ।

किनभने, अहिले डल्फिन ब्राण्डको बिटुमिन बेच्दै आएको एचआर गोयल ग्रुप अन्तर्गतको अरविन्द इम्पोरियम प्रा.लि.ले नेपालका विभिन्न स्थानमा निर्माणाधीन कालोपत्रे गर्ने सडकका लागि बिटुमिनको बेच्दै आएको छ । विभिन्न ठूला निर्माण परियोजनाहरुमा गोयलको बिटुमिन बिक्री हुने गरेको छ ।

गोयलका डिपोहरु नेपालका प्रमुख शहर बिराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा समेत रहेका छन्, जहाँबाट देशैभरका सडकमा प्रयोग हुने बिटुमिन (अलकत्रा) बेच्ने गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ३० बजे

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् । सभाको

गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई हामीले तोड्न खोजेको हो : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई

सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको

विद्युत पूर्वाधारमा लगानी गर्नको लागि कर लगाइएको हो : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिजुलीको पूर्वाधारमा लगानी गर्नको लागि

निजी स्कुल नरोज्ने दिन पनि आउला : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुनै दिन कसैले पनि निजी