जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री, नवलकिशोर साह वनमा यथावत « Khabarhub

जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री, नवलकिशोर साह वनमा यथावत

हसिना वा रञ्जुमध्ये एकलाई राज्यमन्त्री बनाइँदै


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत आइतबार दर्ता भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सोमबार एकजना मन्त्री र अर्का राज्यमन्त्री थपिने भएका छन् ।

राई नेतृत्वको नयाँ जसपातिर खुलेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीलाई भने पार्टीले यथावत राख्ने भएको छ ।

जसपाले उपेन्द्र यादवले राजीनामा दिएपछि सोमबारदेखि खाली भएको स्वास्थ्य मन्त्राालयमा प्रदीप यादवलाई पठाउन सिफारिस गरेको छ ।

त्यस्तै राज्यमन्त्रीका लागि भने जसपाले दुईजनाको सिफारिस गरेको छ । जसपाबाट समानुपातिक सांसदद्वय हसिना खातुन र रञ्जु झाको नाम सिफारिस भएको छ ।

उता फागुन २१ मा एमाले र माओवादीसहितको गठबन्धन बनेपछि वन मन्त्रालयको जिम्मेवारी पाएका सुडी कायमै हुने भएका छन् ।

‘दुईजना साथीहरू थपिले सुनेको छु । यसबारे मलाई औपचारिक जानकारी आएको छैन । तर म यथावत् रहन्छु’, उनले खबरहबसँग भने ।

जसपा नेपाल विभाजित भएपछि सुडी अध्यक्ष यादवलाई छाडेर राई नेतृत्वको नयाँ जसपामा खुलेका छन् ।

मन्त्री हुन लागेका यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

अर्कातिर समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त कोटामा बाँकेकी हसिना खानले मौका पाएकी थिइन् । उनलाई राज्यमन्त्रीका रुपमा सिफारिस गरिएको हो ।

प्रदीप यादव भने पहिला पनि मन्त्री भइसकेका हुन । उता खान संसद्‍को पहिलो यात्रामै राज्यमन्त्री हुन लागेकी हुन् ।

यसअघि १२ सांसद रहँदा पनि जसपाबाट २ मन्त्री र १ राज्यमन्त्री थिए । त्यसकारण राई नेतृत्वको जसपालाई २ मन्त्री र १ राज्यमन्त्री दिन लागिएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : २५ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा