सट्टेबाजी र क्रिप्टोकरेन्सी मार्फत कारोबार गर्ने व्यक्तिहरू सार्वजनिक  « Khabarhub

सट्टेबाजी र क्रिप्टोकरेन्सी मार्फत कारोबार गर्ने व्यक्तिहरू सार्वजनिक 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी मार्फत २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विभिन्न व्यक्तिहरूका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ई-सेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले ढुंगानालाई नेपालको कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

त्यस्तै  प्रहरीले अमेरिका र क्यानडा लैजाने भनी मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ का वर्ष ४८ का जगतबहादुर तामाङ, तनहुँको ऋषिङ् गाउँपालिका २ का वर्ष ४६ का विष्णुबहादुर बराली र सोही ठाउँकै वर्ष ४८ का जंगबहादुर वि.क. (बराल) रहेका छन् ।

उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी खोसी नौ महिनासम्म अलपत्र पारी राखेको भट्टराईले बताए ।

केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडगंजस्थित होटलमा बसी सङ्गठित रूपमा मानव तस्करीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै यसै गरी अपराध अनुसन्धान कार्यालयले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट चार करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको