सट्टेबाजी र क्रिप्टोकरेन्सी मार्फत कारोबार गर्ने व्यक्तिहरू सार्वजनिक  « Khabarhub

सट्टेबाजी र क्रिप्टोकरेन्सी मार्फत कारोबार गर्ने व्यक्तिहरू सार्वजनिक 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी मार्फत २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विभिन्न व्यक्तिहरूका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ई-सेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले ढुंगानालाई नेपालको कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

त्यस्तै  प्रहरीले अमेरिका र क्यानडा लैजाने भनी मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ का वर्ष ४८ का जगतबहादुर तामाङ, तनहुँको ऋषिङ् गाउँपालिका २ का वर्ष ४६ का विष्णुबहादुर बराली र सोही ठाउँकै वर्ष ४८ का जंगबहादुर वि.क. (बराल) रहेका छन् ।

उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी खोसी नौ महिनासम्म अलपत्र पारी राखेको भट्टराईले बताए ।

केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडगंजस्थित होटलमा बसी सङ्गठित रूपमा मानव तस्करीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै यसै गरी अपराध अनुसन्धान कार्यालयले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट चार करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया