जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता  « Khabarhub

जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा सरकारबाट बाहिरिएसँगै  जसपा अध्यक्ष यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो । 

पार्टीबाट सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका पार्टी अध्यक्ष यादवले आज राजीनामा दिएसँगै समर्थन फिर्ता लिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

यता जसपा अध्यक्ष यादवले सर्वोच्च अदालतमा रिट दिएका छन् । उनले आफ्नो पार्टी जसपा नेपाल विभाजन भएपछि नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

आयोगले दल विभाजन सम्बन्धी कानून निष्क्रिय भएको बेला दल फुटाएर दर्ता गराएको उपेन्द्रको तर्क छ ।

उनको रिटमा नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाइएको बताइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको