दैलेखमा बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटना, मृतकको संख्या तीन पुग्यो « Khabarhub

दैलेखमा बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटना, मृतकको संख्या तीन पुग्यो


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

दैलेख- गएराति भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।बिजुलीको पोल बोकेर गइरहेको ट्याक्टर कच्ची सडकमा भार थेग्न नसक्दा दुर्घटनामा परेको थियो ।

जिल्लाको बस्नेपाटीदेखि खर्च्यागैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका-६ ढाँडस्थित जंगलमा दुर्घटना भएको हो ।

दुल्लु नगरपालिका-६ खर्च्यागैराका ५५ वर्षका मान बहादुर रावतको दुर्घटनास्थलमै मृत्यु भएको छ । अन्य घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।

घाइतेहरूमध्ये दुल्लु-६ बस्ने ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको सुर्तेमा उपचारका क्रममा मृत्यु भएको हो।

दुल्लु –६ का ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ३१ वर्षीय ललित खड्का घाइते छन्।

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ४१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी

विशेष महाधिवेशनको दबाब बढेपछि महामन्त्रीद्वयसँग वार्ता गर्न तयार भए देउवा

काठमाडौं- दोस्रो विशेष महाधिवेशनका कारण तीव्र दबाबमा परेका नेपाली कांग्रेसका

फ्लप भयो प्रदीप खड्का स्टारर ‘एक्लो’

काठमाडौं – नायक प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘एक्लो’ बक्स

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव

बंगलादेशी फिल्म ‘शार्क’को पोस्टरमा यस्तो देखिए प्रमोद अग्रहरी

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को