सांसद चौधरीको तर्क- विदेश पढ्न जाने विद्यार्थी बढे, नेपालको शिक्षा प्रणाली सुधारौँ  « Khabarhub

सांसद चौधरीको तर्क- विदेश पढ्न जाने विद्यार्थी बढे, नेपालको शिक्षा प्रणाली सुधारौँ 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकमाथिको संशोधनका बारेमा जानकारी गराउँदै स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी आकर्षित गर्ने गरी कानून बन्नुपर्नेमा जोड दिएका थिए ।

विधेयकमाथिको संशोधनकर्ता सांसद ठाकुरप्रसाद गैह्रेले औचित्य पुष्टि हुने गरी विधेयकमा रहेका व्यवस्थामाथि सहमति जुटाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयको सम्बन्धन र स्वकृतिका विषयमा विधेयकमाथि रहेको व्यवस्थामा आवश्यकता बमोजिम भन्ने व्यवस्था राखे ।

त्यस्तै संशोधनकर्ता सांसद तेजुलाल चौधरीले धेरै विश्वविद्यालयमा विद्यार्थीहरू नै नभएको अवस्थामा अव कस्तो र कति संख्यामा विश्वविद्यालय आवश्यक छ भन्ने सोच्न जरुरी भइसकेको बताए ।

उनले पछिल्लो समय धेरै विद्यार्थीहरू अध्ययनका लागि विदेश गइरहेको अवस्थामा नेपालको शिक्षामा देखिएको कमजोरीलाई सुधार गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै सांसदहरूले बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको सूची हेरफेरका विषयमा छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ५१ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी