सांसद चौधरीको तर्क- विदेश पढ्न जाने विद्यार्थी बढे, नेपालको शिक्षा प्रणाली सुधारौँ  « Khabarhub

सांसद चौधरीको तर्क- विदेश पढ्न जाने विद्यार्थी बढे, नेपालको शिक्षा प्रणाली सुधारौँ 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकमाथिको संशोधनका बारेमा जानकारी गराउँदै स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी आकर्षित गर्ने गरी कानून बन्नुपर्नेमा जोड दिएका थिए ।

विधेयकमाथिको संशोधनकर्ता सांसद ठाकुरप्रसाद गैह्रेले औचित्य पुष्टि हुने गरी विधेयकमा रहेका व्यवस्थामाथि सहमति जुटाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयको सम्बन्धन र स्वकृतिका विषयमा विधेयकमाथि रहेको व्यवस्थामा आवश्यकता बमोजिम भन्ने व्यवस्था राखे ।

त्यस्तै संशोधनकर्ता सांसद तेजुलाल चौधरीले धेरै विश्वविद्यालयमा विद्यार्थीहरू नै नभएको अवस्थामा अव कस्तो र कति संख्यामा विश्वविद्यालय आवश्यक छ भन्ने सोच्न जरुरी भइसकेको बताए ।

उनले पछिल्लो समय धेरै विद्यार्थीहरू अध्ययनका लागि विदेश गइरहेको अवस्थामा नेपालको शिक्षामा देखिएको कमजोरीलाई सुधार गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै सांसदहरूले बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको सूची हेरफेरका विषयमा छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ५१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको