किसानलाई अनुदानमा मौरीको घार र हाते ट्याक्टर | Khabarhub Khabarhub

किसानलाई अनुदानमा मौरीको घार र हाते ट्याक्टर


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

दोलखा– बैतेश्वर गाउँपालिका-८ क्षेत्रपाका किसानलाई अनुदानमा मौरीको घार तथा खेतबारी जोत्ने मिनी हाते ट्याक्टर वितरण गरिएको छ ।

वडाले गाउँपालिका चालु वर्ष विनियोजित बजेट मार्फत किसानलाई मौरीघार तथा गत वर्षको देशभर फैलिएको लम्पिस्किन रोगको कारण गोरु मरेका किसानलाई खेतीपाती गर्न सहज होस् भन्ने उद्देश्यले  सामूहिक रूपमा प्रयोग गर्ने गरी ७ थान हाते ट्र्याक्टर अनुदानमा वितरण गरिएको वैतेश्वर गाउँपालिका-८ का वडा अध्यक्ष शान्तबहादुर जिरेल जानकारी दिए ।

वडा किसान ७ थान हाते ट्याक्टर र मौरीपालक किसानलाई ४८ थान घार वितरण गरेको उनले बताए ।

वडा नम्बर-८ मा मौरी पछिल्ला वर्षहरू मौरी पालनमा किसानहरू आकर्षित बन्दै गएकाले मौरी पालनलाई व्यवसायिक रूपमा विस्तार गर्ने उद्देश्यले चालु वर्ष ४८ वटा मौरीघार वितरण गरिएको अध्यक्ष जिरेलकाे भनाइ छ ।

त्यस्तै बर्खायाम लागेसँगै र गत वर्षको लम्पिस्किन रोगले पशु क्षति बेहोरेका क्षेत्रपाका स्थानीय किसानलाई  खेतीपाती लगाउन सहज होस भन्ने  उद्देश्यले ट्र्याक्टर वितरण गरिएको उनले जानकारी दिए ।

वडा नम्बर-८ मा गाउँपालिका तथा वडाले चालु वर्ष २० थान हाते ट्र्याक्टर वितरण गरिसकेको छ । यता गाउँपालिकाले चालु वर्ष नै अन्य ७ वटा वडाहरूमा पनि ७० वटा मौरी पालन गर्ने घार वितरण सुरु गरेको छ ।

गाउँपालिकाले किसानको मागलाई मध्यनजर गर्दै यस वर्ष वडा नम्बर-१ देखि ७ सम्म ७० वटा मौरीको घार वितरण गर्ने वैतेश्वर गाउँपालिकाको  कृषि शाखाले जनाएको छ।

– सुवास बस्नेत

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ०६ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित