रविविरुद्ध सडकबाट पनि कांग्रेसले मोर्चा खोल्यो, भ्रातृसंगठनले आन्दोलन थाल्ने « Khabarhub

रविविरुद्ध सडकबाट पनि कांग्रेसले मोर्चा खोल्यो, भ्रातृसंगठनले आन्दोलन थाल्ने


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिने भएका छन् ।

मातृपार्टीले संसद्भित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरुले जेठ १ गतेबाट सहकारीपीडितहरूको पक्षमा सडक आन्दोलनमा जाने घोषणा गरेका छन् ।

कांग्रेसका भ्रातृ संगठनहरु नेपाल महिला संघ र नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा छुट्टाछुट्टै आन्दोलन तयारी गरेका हुन्। महिला संघले जेठ १ गते (मंगलबार) र तरुण दलले जेठ २ गते (बुधबार) सडकमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

महिला संघले मंगलबार दिउँसो साढे १ बजे शान्ति बाटिकामा हुने विरोध र्यालीमा सहभागिताका लागि आह्वान गरेको छ ।

सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याइ कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्‍याली आयोजना गरिएको महिला संघले जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङले सहकारी पीडितको पक्षमा बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध र्‍याली गरिने जानकारी दिए । उनले उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको अनौपचारिक बैठकबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ३९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार