कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री « Khabarhub

कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनु एक दिनअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् ‍खोल्ने संकेत नगरेपछि सत्तारुढ तीन मुख्य दलका नेता संवादमा जुटेका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडान नछोडेपछि तीन शीर्ष नेता सम्भावित विकल्पका लागि संवादमा जुटेका हुन् ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेबीच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवाद भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार मात्रै चितवनबाट फर्किएर छलफल थालेका हुन् ।

छलफलमा समग्र सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति गठन र मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा प्रस्तुत गर्ने भनिएको सरकारको नीति तथा कार्यक्रमबारे कुराकानी भइरहेको छ ।

सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति माग गर्दै कांग्रेसले संसद् अवरोध गरिरहेको छ । कांग्रेस पदाधिकारीहरूको सोमबार बूढानीलकण्ठमा बसेको बैठकले समिति नबनेसम्म संसद्को अवरोध नहटाउने अडान कायमै राखेको छ ।

यस्तोमा निकासको खोजीका लागि सत्तारुढ नेताहरू जुटेका हुन् । कांग्रेसले सहकारी ठगीमा मुछिएका लामिछानेबार संसदीय समिति मागिरहँदा सत्ता पक्षले भने समग्र समस्याबारे अध्ययनका लागि समिति बनाउन सकिने बताइरहेको छ ।

उता सभामुख देवराज घिमिरेले पनि सोमबार अपरान्ह एमाले अध्यक्ष ओलीसँग टेलिफोन संवाद गरे ।

सभामुख घिमिरेले संसद् अवरोध अन्त्य गर्न र भोलि हुने नीति तथा कार्यक्रम सौहार्दपूर्ण बनाउन गरेको अपिलमा अध्यक्ष ओलीले सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने बताएका थिए ।

घिमिरेले सोमबार नै दिउँसो कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग छलफल गरे ।

घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरे ।

उनले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरूलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिल गरेका थिए ।

तर सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताए ।

उनले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारू हुने उल्लेख गरे । सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : १२ बजे

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा