नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार « Khabarhub

नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार भएको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गरिएको हो ।

विगतमा गर्भवतीलाई मात्रै भिडियो एक्सरे सेवा दिने गरिएकामा अब सबैका लागि खुला गरिएको अस्पतालका मेडिकल अधिकृत डा विज्ञान क्षेत्रीले जानकारी दिए।

राइपुरमै भिडियो एक्सरे सेवा विस्तार भएपछि सर्वसाधारणलाई सहज हुने भएको छ । भिडियो एक्सरे सेवाका लागि नगरपालिकाको केन्द्र दुलेगौँडा बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए। अस्पतालले गर्भवती सेवा, खोप सेवा, गर्भपतन सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा प्रदान गर्दै आइरहेको छ । 

गत फागुनदेखि अस्पतालले इसिजी सेवा सुरु गरेको छ । मेडिकल अधिकृत डा क्षेत्रीका अनुसार अस्पतालमा सेवा थप गर्ने काम भइरहेको छ । 

समुदायस्तरबाट सञ्चालित उक्त अस्पताल विसं २०७५ भदौमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसयता नगरपालिकाको स्वामित्वमा अस्पताल सञ्चालनमा छ । विसं २०७४ साल असोज २७ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त अस्पताललाई सरकार मातहतमा ल्याउने निर्णय गरेको थियो ।

अस्पतालको स्वामित्वमा आठ रोपनी १२ आना जग्गा, दुई वटा भवन छ । उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा विरुवा गाउँपालिकाका सर्वसाधारणलाई सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ३१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल