नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार | Khabarhub Khabarhub

नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार भएको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गरिएको हो ।

विगतमा गर्भवतीलाई मात्रै भिडियो एक्सरे सेवा दिने गरिएकामा अब सबैका लागि खुला गरिएको अस्पतालका मेडिकल अधिकृत डा विज्ञान क्षेत्रीले जानकारी दिए।

राइपुरमै भिडियो एक्सरे सेवा विस्तार भएपछि सर्वसाधारणलाई सहज हुने भएको छ । भिडियो एक्सरे सेवाका लागि नगरपालिकाको केन्द्र दुलेगौँडा बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए। अस्पतालले गर्भवती सेवा, खोप सेवा, गर्भपतन सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा प्रदान गर्दै आइरहेको छ । 

गत फागुनदेखि अस्पतालले इसिजी सेवा सुरु गरेको छ । मेडिकल अधिकृत डा क्षेत्रीका अनुसार अस्पतालमा सेवा थप गर्ने काम भइरहेको छ । 

समुदायस्तरबाट सञ्चालित उक्त अस्पताल विसं २०७५ भदौमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसयता नगरपालिकाको स्वामित्वमा अस्पताल सञ्चालनमा छ । विसं २०७४ साल असोज २७ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त अस्पताललाई सरकार मातहतमा ल्याउने निर्णय गरेको थियो ।

अस्पतालको स्वामित्वमा आठ रोपनी १२ आना जग्गा, दुई वटा भवन छ । उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा विरुवा गाउँपालिकाका सर्वसाधारणलाई सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ३१ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका