ओली र प्रचण्डसँग वार्तापछि रविको प्रतिक्रिया : कांग्रेसले मेरो मुख टालिदियो, हातखुट्टा बाँधिदियो « Khabarhub

ओली र प्रचण्डसँग वार्तापछि रविको प्रतिक्रिया : कांग्रेसले मेरो मुख टालिदियो, हातखुट्टा बाँधिदियो


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी जस्तो गम्भीर आरोप लागिसकेपछि आफूले एक पटक संसद्‍बाट जवाफ दिन पाउनुपर्ने अडान दोहोर्‍याएका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानले अडान नछाड्ने बताएका हुन् ।

‘आरोप लागिसकेपछि एक पटक मैले संसद्‍मा बोल्न पाउनु त पर्‍यो । कांग्रेसले मविरुद्ध प्रमाण छ भनेकाले बोल्न त पाउनुपर्‍यो भनेको हुँ । त्यो प्रमाण बाटोमा या घरमा राखिदिए पनि हुन्छ तर मैले एक पटक बोल्न पाऊँ भनेर प्रधानमन्त्रीसँग कुरा राखेँ’, उनले भने, ‘आफ्नाबारे उठेका कुराबारे संसद्मा बोल्न पाउनुपर्छ भनेँ । त्यसपछि संसदीय समिति बनाउँदा पनि केही छैन ।’

उनले सोमबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासहित सभामुख देवराज घिमिरेसँगको संवादमा पनि आफूले त्यही कुरा राखेको बताए ।

‘एक पटक हातखुट्टा खोलिदिएर कुरा सुन्न त दिनुस् भनेको हुँ । आरोप लगाएको मान्छेलाई बोल्ने मौका त दिनुपर्‍यो नि! फौजदारी आरोप लगाएपछि जवाफ दिन त पाउनुपर्छ’, उनले भने, ‘पहिला त मेरो कुरा सुन्नुपर्‍यो। बोल्न दिएपछि छानबिन समिति बनाउँदा हुन्छ । कांग्रेसको माग न्यायसंगत भएन । मथिका आरोपबारे जवाफ दिएपछि उहाँहरूलाई चित्त नबुझे समिति बनाऊँ ।’

उनले दलका नेताहरूसँगको छलफलमा आफ्नाबारे उठेका कुरामा जवाफ दिएपछि विकल्पमा जाऊँ भनेको दोहोर्‍याए ।

‘मूल कुरा ममाथि केही महिनादेखि निरन्तर प्रहार भइरहँदा बोल्न पाउनुपर्छ भनेको हुँ । एक पटक कुरा सुन्न सक्ने हिम्मत र धैर्य कांग्रेसमा छैन र ? कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी विचारलाई निषेध गर्न मिल्छ र ? कांग्रेसले बोल्न नदिएर मेरो मुख टालिदियो, हातखुट्टा बाँधिदियो ।’

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ३२ बजे

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार