प्रदीप यादव स्वास्थ्यमन्त्रीमा नियुक्त, राष्ट्रपतिले दिलाए शपथ | Khabarhub Khabarhub

प्रदीप यादव स्वास्थ्यमन्त्रीमा नियुक्त, राष्ट्रपतिले दिलाए शपथ


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

नवगठित जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएका छन् ।

सोमबारै मन्त्रीमा नियुक्त यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

गत आइतबार दर्ता भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सोमबार एकजना मन्त्री र अर्का राज्यमन्त्री थपिएका छन् ।

स्वास्थ्यमन्त्री बनेका यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राई नेतृत्वको नयाँ जसपातिर खुलेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीलाई पार्टीले यथावत राखेको छ ।

जसपा नेपालको उपेन्द्र यादव पक्षमा खुलेका दीपक कार्कीले पनि सोमबार राजीनामा दिएपछि उनको स्थानमा जसपाले हसिना खातुनलाई पठाएको छ । उनी एक महिनाअघि मात्रै जसपा नेपालकी समानुपातिक सांसद भएकी थिइन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त कोटामा बाँकेकी हसिना खानले मौका पाएकी थिइन् । उनलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सिफारिस गरिएको थियो । खातुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ दिलाउने छन् ।

फागुन २१ मा एमाले र माओवादीसहितको गठबन्धन बनेपछि वन मन्त्रालयको जिम्मेवारी पाएका सुडी कायमै भएका हुन् ।

जसपा नेपाल विभाजित भएपछि सुडी अध्यक्ष यादवलाई छाडेर राई नेतृत्वको नयाँ जसपामा खुलेका थिए । जसपा नेपाल विभाजित हुँदा सुरुमा राई समूहमा खुलेका कार्की यादवतिरै बसेपछि सोमबार सरकारबाट बिदा भएका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ५७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार