शीतल निवासमा अशोक राई मुस्कुराए, प्रेमले प्रदीपलाई फूलको बुके थमाए (तस्बिरहरू) « Khabarhub

शीतल निवासमा अशोक राई मुस्कुराए, प्रेमले प्रदीपलाई फूलको बुके थमाए (तस्बिरहरू)


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत आइतबार मात्रै जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको जनता समाजवादी पार्टीका दुईजना सांसद मन्त्री बनेका छन् ।

नवगठित जसपाका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र समानुपातिक सांसद हसिना खातुनले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सोमबारै मन्त्रीमा नियुक्त यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले र खातुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

स्वास्थ्यमन्त्री बनेका यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राई नेतृत्वको नयाँ जसपातिर खुलेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीलाई पार्टीले यथावत राखेको छ ।

यी दुईले मन्त्रीको शपथ लिँदा नवगठित जसपा अध्यक्ष अशोक राई पनि शीतल निवासमा देखिए । उनी नयाँ पार्टी खोलेर अध्यक्ष भएलगत्तै दुई सांसदलाई मन्त्री बनाउन सकेकोमा प्रसन्न मुद्रामा देखिए ।

अशोक राई खुलेर मुस्कुराउँदै गर्दा मन्त्री यादवलाई एकीकृत समाजवादीका सांसद प्रेम आलेले फूलको बुके थमाए ।

जसपा नेपालको उपेन्द्र यादव पक्षमा खुलेका दीपक कार्कीले पनि सोमबार राजीनामा दिएपछि उनको स्थानमा जसपाले हसिना खातुनलाई पठाएको छ । उनी एक महिनाअघि मात्रै जसपा नेपालकी समानुपातिक सांसद भएकी थिइन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त कोटामा बाँकेकी हसिना खानले मौका पाएकी थिइन् । उनलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सिफारिस गरिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ३१ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा