स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी « Khabarhub

स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्न आग्रह गरेको हो ।

मन्त्रालयले राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको भन्दै राजनीतिक दलको सदस्यता त्याग नगरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपाल स्काउटमा निर्वाचित पदाधिकारी विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानूनबमोजिम कारबाही गर्न भनी स्काउटरबाट उजुरी तथा गुनासो आएको भन्दै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल स्काउट ऐन २०५० को दफा १८ (क) को उपदफा ९१० मा नेपाल स्काउटको सदस्यको योग्यतासम्बन्धी व्यवस्था गरिएको छ । सोही उपदफाको खण्ड (ख)(ग) मा राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ३६ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका