भारतीय गृहमन्त्रीको चुनावी र्‍यालीमा युट्युबर कुटिए « Khabarhub

भारतीय गृहमन्त्रीको चुनावी र्‍यालीमा युट्युबर कुटिए


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको उत्तर प्रदेशस्थित रायबरेलीमा केन्द्रीय गृहमन्त्री तथा भाजपा नेता अमित शाहको चुनावी र्‍यालीमा एक युट्युब न्यूज च्यानलका पत्रकारमाथि कुटपिट भएको छ । त्रिवेदीलाई तत्काल अस्पताल भर्ना गर्नुपरेको थियो ।

युट्युब न्यूज च्यानल मोलिटिक्सका पत्रकार राघव त्रिवेदीले र्‍यालीमा प्रश्न सोध्दा आक्रोशित भाजपा कार्यकर्ताले आफूलाई कुटपिट गरेको बताएका छन् । त्रिवेदीका अनुसार उनी दिल्लीबाट अमेठी र रायबरेलीमा ग्राउन्ड रिपोर्टिङका लागि गएका थिए । आइतबार उनी अमित शाहको र्‍यालीको समाचारका कभरेज गर्न रायबरेली पुगेका थिए ।

राघव त्रिवेदीका अनुसार भाजपाको र्‍यालीमा सहभागी केही महिलाले आफूलाई एक सय रुपैयाँ दिएर र्‍यालीमा बोलाइएको बताएका थिए । भाजपा कार्यकर्ताले उक्त भिडियो डिलिट गर्ने प्रयास गरेका थिए । जब त्रिवेदीले भाजपा कार्यकर्तालाई यसबारे प्रश्न गरे, तब उनीहरूलाई कुटपिट गरिएको थियो।

राघव त्रिवेदीमाथि कुटपिटको यो घटनापछि भारतमा चौतर्फी प्रतिक्रिया आएको छ । राजनीतिक दलदेखि पत्रकारसम्मका संघ संस्थाले यो घटनाको निन्दा गरेका छन् । यो घटनालाई लिएर सामाजिक सञ्जालमा आक्रोश देखिएको छ ।

राघव त्रिवेदीले अस्पतालको भिडियो पोस्ट गरेका छन्। जसमा उनी स्ट्रेचरमा पल्टिएको र पीडाले सुस्केरा हालेको देखिन्छ । भिडियोमा उनले भनेका छन्, ‘भीडले पिटेको छ । म रिपोर्टिङ गरिरहेको थिएँ । अमित शाहको र्‍याली चलिरहेको थियो । मानिसहरू उठेर हिँडिरहेका थिए। मैले सोध्न थाले किन मान्छेहरू हिँड्दैछन् रु त्यसमा उनीहरुले क्यामेरा बन्द गर्न भने । त्यसपछि २०–२५ जनाले मलाई घेरेर पेटमा मुक्का हान्न थाले । कम्तिमा १५० देखि २०० मुक्का।’

त्रिवेदीले भने, ‘पहिले र्‍याली बाहिर केही महिलासँग कुरा गरिरहेको थिएँ । उनले भने, ‘हामी किन आएका हौँ थाहा छैन । प्रधानजीले ल्याएर सय रुपैयाँ दिएका छन् । हामीले त्यहाँ भाजपाका मानिसहरूलाई यो सत्य हो कि भनेर सोध्यौं। त्यसमा उनीहरुले भने कि तिमी पर्ख, म आउँछु । अनि मलाई पिट्न थाले । पेटमा चोट लाग्यो । उनीहरुले निशान नदेखिने गरी प्रहार गर्न भनेका थिए ।’

यसैवीच, प्रेस क्लब अफ इन्डियाले निर्वाचन आयोग र स्थानीय अधिकारीहरूलाई यस विषयमा कडा कारबाही गर्न अपिल गरेको छ। विपक्षी दलका नेताहरुले पनि पत्रकार पिट्नेलाई कारवाहीको माग गरेका छन् । त्रिवेदीले दर्ता गराएको उजुरीमा भनिएको छ उनी आफ्ना साथीहरुसँग दिल्लीबाट अमेठी र रायबरेली सिटको ग्राउन्ड रिपोर्टिङ गर्न गएका थिए।

कुटपिटबाट घाइते त्रिवेदीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । छत्तीसगढका पूर्वमुख्यमन्त्री भूपेश बघेल उनको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेका थिए । बघेलले लोकतन्त्रमाथि प्रत्यक्ष प्रहार भएको बताएका छन् । रायबरेलीका प्रहरी अधिकारी अमित सिंहले यस विषयमा अनुसन्धान भइरहेको तर अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बताएका छन्।

रायबरेली सिटबाट राहुल गान्धी कांग्रेसका उम्मेदवार हुन्। भाजपाले योगी सरकारका मन्त्री दिनेश प्रताप सिंहलाई उम्मेदवार बनाएको छ । यहाँबाट सोनिया गान्धीले सन् २०१९ मा चुनाव जितेकी थिइन् । यसपटक रायबरेलीमा भाजपाको शीर्ष नेतृत्वले जितका लागि जोड दिइरहेको छ । अमित शाहको र्‍याली यही रणनीतिको एउटा हिस्सा थियो।

पछिल्लो समय भारतमा पत्रकारमाथि आक्रमण वा कुटपिटका घटना बढेका छन् । न्यूयोर्क पुलिस प्रोजेक्टका अनुसार भारतमा २०१९ देखि अगस्ट २०२१ सम्म २२८ पत्रकारमाथि हिंसा भएको छ। धेरै पत्रकारमाथि नियमित कामको सिलसिलामा कुटपिट भएको छ।

स्रोत– बीबीसी हिन्दी

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : २२ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित