अस्पतालमा जनशक्ति थप गर्ने नवनियुक्त मन्त्री यादवको निर्णय « Khabarhub

अस्पतालमा जनशक्ति थप गर्ने नवनियुक्त मन्त्री यादवको निर्णय


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् ।

सोमबार पदभार ग्रहण गरे लगत्तै मन्त्री यादवले पहिलो निर्णयका रुपमा ठूला सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् । जनशक्ति थप गर्दा बिरामीको बढी भिड हुने अस्पताललाई बढी प्राथामिकता दिइने यादवले बताए

उक्त निर्णय अनुसार पहिलो चरणमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जनशक्ति थप गरिने छ ।

त्यस्तै भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र लगायतका अपस्तालमा कर्मचारी थप गरिने छ ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद यादवले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : ३८ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी