भारत विश्वकपको ‘सुपर ८’मा : अमेरिका सात विकेटले पराजित « Khabarhub

भारत विश्वकपको ‘सुपर ८’मा : अमेरिका सात विकेटले पराजित


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको छ।

बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो।

१११ रनको लक्ष्य पछ्याएको भारतका कप्तान रोहित शर्मा छ बलमा तीन रन र विराट कोहली शुन्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुबेले सम्हालिएर प्रदर्शन गरे।

अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाए। उनले ४९ बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्दतमा नटआउट ५० रन बनाएका हुन्। दुवेले ३५ बलको सामना गर्दै एकएक चौका र छक्काको मदद्तमा नटआउट ३१ रन बनाए। ऋषभ पन्त भने १८ रन बनाएर आउट भएका थिए।

अमेरिकाका लागि सौरभ नेत्रावलकरले दुई विकेट हात पारे भने अली खानले एक विकेट लिए।

यसअघि अमेरिकी शहर न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो।

अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए। स्टिभन टेलर्सले २४ रन तथा कोरी एन्डरसनले १५ रन बनाए।

भारतका लागि अर्शदीप सिंहले चार विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चिएर चार विकेट हात पारेका हुन्। उनको बलिङले अमेरिकी ब्याटिङ लाइन कमजोर बनेको थियो। हार्दिक पाण्ड्याले दुई विकेट र अक्षर पटेलले एक विकेट हात पारे।

यो जितसँगै भारत विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ। समूह ‘ए’को शीर्ष स्थानमा रहेको भारतले एक खेल अगाडि लगातार तीन खेल जित्दै सुपर ८ मा स्थान बनाएको हो। यो समूहको दोस्रो स्थानमा अमेरिका छ। अमेरिकाले तीन खेलमा चार अंक जोडेको छ। पाकिस्तान र क्यानडाले दुईदुई अंक जोडेका छन् भने आयरल्यान्ड अकंबिहीन छ।

जारी विश्वकपमा दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै विश्वकपको सुपर ८ मा प्रवेश गरिसकेका छन्। सुपर ८ मा पुग्ने भारत तेस्रो टिम बनेको हो।

२० टिम सहभागी विश्वकपमा चार समूहका शीर्ष दुई टिमले सुपर ८ मा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ५ : २९ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत