टी-२० विश्वकपः न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज « Khabarhub

टी-२० विश्वकपः न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै वेस्ट इन्डिज


३१ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत अहिले समूह ‘सी’को खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ।

टस जितेर न्युजिल्यान्डले सुरुमा फिल्ड रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गर्न लागेको हो। समूह ‘सी’मा दुई खेल खेलिसकेको वेस्ट इन्डिजले चार अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको वेस्ट इन्डिज आजको खेल जित्दै एक खेल अगाडि ‘सुपर ८’ मा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

यो समूहमा समान चार अंक भएको अफगानिस्तान नेटरनरेटका आधारमा शीर्ष स्थानमा छ। तीन खेल खेलेको युगान्डाले दुई अंक जोडेको छ। समूह ‘सी’का पपुवा न्युगिनी र न्युजिल्यान्ड अंकबिहीन छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ६ : ०७ बजे

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई

लगातारको वर्षापछि काठमाडौंमा मौसम खुल्दै (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम बङ्गालको खाडीमा विकसित चक्रवातको

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना