प्राकृतिक विपदको पूर्वतयारी सन्तोषजनक छैन : योगेश भट्टराई « Khabarhub

प्राकृतिक विपदको पूर्वतयारी सन्तोषजनक छैन : योगेश भट्टराई


३१ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेक कम छुट्ट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताए ।

उनले भने, ‘सरकारको पूर्वतयारी सन्तोषजनक छैन । विपद प्राधिकरणलाई वार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?’

नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरीले प्रतिकुल अवस्थाबीच पनि उद्धारको काम गरिरहेको बताए ।

उनले देशभर नै विपदको पूर्वतयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले विपदपछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १२ : १३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो