सांसदद्वय केसी र मण्डलको संसद्को अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ : मन्त्री सुमना श्रेष्ठ | Khabarhub Khabarhub

सांसदद्वय केसी र मण्डलको संसद्को अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ : मन्त्री सुमना श्रेष्ठ


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजेन्द्र केसी र योगेन्द्र मण्डलले संसद्‌मा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुने बताएकी छन् ।

बुधबार सांसदद्वय केसीले संसद्‌मा बजेटमाथि आफ्नो धारणा राख्दै ‘सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला‘’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै, अर्का सांसद मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’ को रुपमा चित्रण गरेको बताएका थिए । 

मन्त्री सुमनाले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सांसद केसीले महिलालाई नै असक्षम र संकीर्ण सोच भएको हुने भन्ने धारणा राखेको बताएकी छन् । सांसदद्वयले निर्धक्कसँग सदनमा स्त्रीद्वेषी टिप्पणी राखेकोप्रति मन्त्री सुमनाले आपत्ति जनाएकी छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १२ : १८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले