विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसंघ « Khabarhub

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसंघ


३१ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।

विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले जापानको कूल जनसङ्ख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले भने, ‘द्वन्द्व सामूहिक विस्थापनको एउटा ठूलो कारक बनेको छ ।’

युएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ । अप्रिलको अन्त्यसम्ममा विश्वभर अनुमानित १२ करोड व्यक्ति विस्थापनमा बाँचिरहेका थिए ।

युएनएचसीआरका अनुसार यो सङ्ख्या लगातार १२ वर्षदेखि बढ्दै गएको छ र एक वर्ष पहिले ११ करोड रहेको र सन् २०१२ को तुलनामा लगभग तीन गुणा बढी हो ।

ग्रान्डीले आठ वर्षअघि आफूले कार्यभार सम्हाल्दा विस्थापनको उच्च आँकडा देखेर आफू स्तब्ध भएको तर त्यसयता यो ‘दोब्बरभन्दा बढी’ भएको बताउँदै उनले यसलाई ‘विश्वको अवस्थामाथिको भयानक समस्या’ भने।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १२ : ३८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६