ताप्लेजुङमा बाढी : पुल र बाटो बगाउँदा यातायात अवरुद्ध, तमोर नदीमा बन्यो ड्याम « Khabarhub

ताप्लेजुङमा बाढी : पुल र बाटो बगाउँदा यातायात अवरुद्ध, तमोर नदीमा बन्यो ड्याम


३१ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- बुधबारदेखि भित्रिएको मनसुनका कारण पूर्वी नेपालमा भारी मात्रामा वर्षात् भइरहेको छ ।

वर्षात्का कारण ताप्लेजुङसहितका पहाडी जिल्लामा बाढी आउन थालेको छ ।

ताप्जेजुङको फक्ताङ्लुङ-५ तापेथोकस्थित सिंसावाखोलामा बाढी आउँदा फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र जोड्ने तमोर करिडोर सडक अवरुद्ध भएको छ ।

यो खोलामा आएको बाढीका कारण केही काठे पुल र बाटो पनि बगाएको छ । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

सिंसावा खोलामा आएको बाढी तमोर नदीमा मिसिएपछि करिडोरसमेत ढाकिने गरी ड्यामको आकारमा पानी जम्मा भएको छ ।

तर तमोर नदीबाट पानीको निकास नरोकिएकाले ड्यामको जोखिम भने कम रहेको स्थानीयले बताएका छन् ।

सिंसावा खोलाको बाढीले बनेको ड्यामका कारण तापेथोक बगरस्थित प्रहरी चौकी, स्वास्थ्य चौकी र सर्वसाधारणका घर डुब्ने जोखिम भने छ ।

तापेथोक प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरज सिंजालीले सिसावाको बाढीका कारण भएको क्षतिको विवरण नआइसकेको बताए ।

बाढी आएर अहिले तमोर करिडोर अन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका प्रवेश गर्ने सबै सवारी साधनको आवतजावत बन्द भएको छ ।

गएरातिको बाढीले हाइड्रोले निर्माण गर्दै गरेको मोटरेबल पुलको जगसमेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १ : ०० बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो