ताप्लेजुङमा बाढी : पुल र बाटो बगाउँदा यातायात अवरुद्ध, तमोर नदीमा बन्यो ड्याम « Khabarhub

ताप्लेजुङमा बाढी : पुल र बाटो बगाउँदा यातायात अवरुद्ध, तमोर नदीमा बन्यो ड्याम


३१ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- बुधबारदेखि भित्रिएको मनसुनका कारण पूर्वी नेपालमा भारी मात्रामा वर्षात् भइरहेको छ ।

वर्षात्का कारण ताप्लेजुङसहितका पहाडी जिल्लामा बाढी आउन थालेको छ ।

ताप्जेजुङको फक्ताङ्लुङ-५ तापेथोकस्थित सिंसावाखोलामा बाढी आउँदा फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र जोड्ने तमोर करिडोर सडक अवरुद्ध भएको छ ।

यो खोलामा आएको बाढीका कारण केही काठे पुल र बाटो पनि बगाएको छ । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

सिंसावा खोलामा आएको बाढी तमोर नदीमा मिसिएपछि करिडोरसमेत ढाकिने गरी ड्यामको आकारमा पानी जम्मा भएको छ ।

तर तमोर नदीबाट पानीको निकास नरोकिएकाले ड्यामको जोखिम भने कम रहेको स्थानीयले बताएका छन् ।

सिंसावा खोलाको बाढीले बनेको ड्यामका कारण तापेथोक बगरस्थित प्रहरी चौकी, स्वास्थ्य चौकी र सर्वसाधारणका घर डुब्ने जोखिम भने छ ।

तापेथोक प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरज सिंजालीले सिसावाको बाढीका कारण भएको क्षतिको विवरण नआइसकेको बताए ।

बाढी आएर अहिले तमोर करिडोर अन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका प्रवेश गर्ने सबै सवारी साधनको आवतजावत बन्द भएको छ ।

गएरातिको बाढीले हाइड्रोले निर्माण गर्दै गरेको मोटरेबल पुलको जगसमेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको