गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल « Khabarhub

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल सुरु भएको छ । 

प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त छलफलमा भाग लिँदै गण्डकी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रममा आमसञ्चारका सम्बन्धमा कहीँकतै उल्लेख नभएको बताए । लोकतन्त्रमा प्रेसलाई चौथो अङ्ग मानिएको तर नीति तथा कार्यक्रममा आमसञ्चारको विषय नआउनु उचित नभएको जिकिर गरे।

प्रदेशसभा सदस्य अधिकारीले भूमि बैंक सम्बन्धमा नीति निर्माण गर्नुपर्ने बताए। उनले यससँग सम्बन्धित स्पष्ट नीति आउनुपर्ने धारणा राखे । योजना बैंकको सम्बन्धमा सार्वभौम संसद्ले थाहा पाउनुपर्ने उनको भनाइ थियो ।

‘कृषि भूमिको अतिक्रमण र खण्डकीकरणको नियन्त्रणको विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छैन’, प्रदेशसभा सदस्य अधिकारीले भने।  

कृषिको आधुनिकीकरण, व्यवसायीकरण, उद्यमशीलतामा सहकारी क्षेत्रको परिचालनको विषय उल्लेख नभएको उनले बताए। सहकारीको विकृतिका सम्बन्धमा प्रदेश सरकार गम्भिर बन्नुपर्ने प्रदेशसभा सदस्य अधिकारीले बताए।  

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १ : ३१ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती