लघुवित्तपीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने  « Khabarhub

लघुवित्तपीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने 


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आफुहरुसंग गरेको सहमति कार्यान्वयन नगरेको लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलन गर्ने जनाएको छ । 

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले दुई महिनाभित्रै समस्या समाधान गर्ने गरि सहमति गरेपनि सहमति कार्यान्वयन गर्न वेवास्ता गरेको भन्दै आन्दोलन गर्ने जनाएको हो ।

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सहमति विपरित लघुवित्तपीडितलाई कालोसूचीमा राख्ने, धितो लिलामको धम्की दिने लगायतका काम भएकाले पुनः आन्दोलन गर्ने तयारी गर्नुपरेको जानकारी दिए ।  उनले असार १५ गतेसम्म आफूहरूको माग पुरा नभए असार १६ गतेदेखि वित्तिय संस्थाहरुविरद्ध देशव्यापी मसाल जुलुससँगै विद्रोहमा जाने कार्यक्रम तय भएको बताए ।

संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।  

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ३ : १३ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको