लघुवित्तपीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने  « Khabarhub

लघुवित्तपीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने 


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आफुहरुसंग गरेको सहमति कार्यान्वयन नगरेको लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलन गर्ने जनाएको छ । 

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले दुई महिनाभित्रै समस्या समाधान गर्ने गरि सहमति गरेपनि सहमति कार्यान्वयन गर्न वेवास्ता गरेको भन्दै आन्दोलन गर्ने जनाएको हो ।

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सहमति विपरित लघुवित्तपीडितलाई कालोसूचीमा राख्ने, धितो लिलामको धम्की दिने लगायतका काम भएकाले पुनः आन्दोलन गर्ने तयारी गर्नुपरेको जानकारी दिए ।  उनले असार १५ गतेसम्म आफूहरूको माग पुरा नभए असार १६ गतेदेखि वित्तिय संस्थाहरुविरद्ध देशव्यापी मसाल जुलुससँगै विद्रोहमा जाने कार्यक्रम तय भएको बताए ।

संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।  

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ३ : १३ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ