गर्मीमा दही खाँदा हुन्छन् यस्ता फाइदा « Khabarhub

गर्मीमा दही खाँदा हुन्छन् यस्ता फाइदा


३१ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गर्मी मौसममा चिसो पेय निकै सेवन गरिन्छ । तर बजारमा पाइने कतिपय केमिकलयुक्त पेयले मानिसलाई फाइदाको साटो हानी पुर्‍याउँदछ । तथापि मानिसहरू गर्मीको नाममा बोतलका चिसो पेय पिउने गर्दछन् ।

गर्मी मौसममा शरीरबाट अत्यधिक पसिना आउने भएकोले पानीको मात्र पुरा गर्न तरल पदार्थ पिउनु लाभदायक हुन्छ । यस्तो बेलामा
पानी वा दहीको सेवन सबैभन्दा उपयुक्त हुन्छ । गर्मीमा चिसो दही खाँदा शरीरमा शीतलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाइदा पुग्दछ ।

थाहा पाउनु हाेस् दही सेवनका फाइदा

– दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।

– दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ ।

– पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।

– अरुचिको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।

– आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पुर्‍याउँछ ।

– दहीको सेवनले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।

– दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।

– मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।

– दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्‍याउँछ ।

– दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ ।

– अनिन्द्राका समस्या भएकाहरूले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ ।

– दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्‍याउँछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ३ : १४ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा