भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल « Khabarhub

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल


३१ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा अजीत डोभाललाई फेरि एकपटक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ ।

बिहीबार पूर्व प्रहरी अधिकारी समेत रहेका डोभाललाई तेस्रो पटक राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गरिएको हो।

प्रधानमन्त्रीमा नरेन्द्र मोदीको शपथ ग्रहणपछि डोभालको जिम्मेवारी कसले पाउला भन्ने चासो थियो । तर, मोदीले डोभालमाथि नै विश्वास व्यक्त गरेका छन् ।

 सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्री मोदीले डोभाललाई पहिलो पटक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए । २०१९ मा उनी फेरि यो पदमा पाँच वर्षका लागि नियुक्त भएका थिए ।

पछिल्लो दशकमा डोभालले मोदी सरकारको कार्यकालमा धेरै महत्त्वपूर्ण कामहरू गरेका छन् । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ७ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया