मालदिभ्सलाई भारतको निरन्तर सहयोग | Khabarhub Khabarhub

मालदिभ्सलाई भारतको निरन्तर सहयोग


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मालदिभ्सले पछिल्लो समय आर्थिक समस्याको सामना गरिरहेको छ । मालदिभ्सको टाउकोमा १ अर्ब ३७ करोड डलर बराबर चिनियाँ ऋणको भार छ, जुन मालदिभ्सको कुल वाह्य ऋणको ४० प्रतिशत हुन आउँछ ।

राष्ट्रपति मोहम्मद मुइज्जुको शासनकालमा मालदिभ्सले एकपछि अर्को परियोजना चिनियाँ कम्पनीलाई प्रदान गर्दै आएको छ । विश्व बैंकले मालदिभ्सले ‘सार्वजनिक ऋण संकटको सामना गर्ने उच्च जोखिम’ रहेको उल्लेख गरेको छ ।

 मालदिभ्सको सार्वजनिक ऋण ८ अर्ब १९ करोड डलर पुगेको छ, जुन त्यहाँको कुल ग्राहस्थ उत्पादनको १ सय १० दशमलब १ प्रतिशत हुन आउँछ । जसमा वाह्य ऋणको परिमाण ३ अर्ब ३० करोड डलर रहेको छ ।

मालदिभ्सको केन्द्रीय बैंकका अनुसार मुलुकको वैदेशिक मुद्राको सञ्चिती केबल ५४ करोड १७ लाख डलर आसपास रहेको छ, जसमध्ये केबल ११ करोड ३६ लाख ९० हजार डलर बराबर उपभोग्य सञ्चिती रहेको छ ।

यस्तो अवस्थामा राष्ट्रपति मुइज्जुले चीनलाई ऋण पुनर्संरचना गर्न आग्रह गर्दै आएका छन् । ऋण पुनर्संरचना गर्न मालदिभ्सले गर्दै आएको आग्रहलाई चीनले भने ठाडै अस्वीकार गरेको छ । हालैमात्र मालदिभ्सका लागि चिनियाँ राजदूत वाङ लिछिनले मालदिभ्सको ऋण पुनर्संरचना गरेको खण्डमा यसबाट भविष्यको सम्भावित ऋण प्रक्रियामा असर पर्ने चेतावनी दिएका छन् ।

चीनले ऋणमा डुबाइरहँदा भारत भने मालदिभ्सलाई सहयोग गर्न अग्रसर देखिएको छ । केही समयअघि भारत भ्रमणमा आएका मालदिभ्सका विदेशमन्त्री मुसा जमिरले दुई मुलुकबीच ऐतिहासिक सम्बन्ध रहेको बताएका थिए । विदेशमन्त्री मुसा जमिरको भ्रमणका क्रममा भारतले मालदिभ्सलाई स्टेट बैंक अफ इण्डियामार्फत् ५ करोड डलर बराबरको ट्रेजरी बिल उपलब्ध गराउन सहमत भएको थियो । 

त्यसअघि मालदिभ्सले भारतीय सुरक्षाकर्मीलाई स्वदेश फर्किन आग्रह गरेसँगै दुई मुलुकबीचको सम्बन्ध चिसिएको विश्लेषण गरिएको थियो । भारतले पनि मालदिभ्सको लोकतान्त्रिक सार्वभौमिकतालाई सम्मान गर्दै मानवीय सहयोगार्थ परिचालित सुरक्षाकर्मीका स्थानमा नागरिक कर्मचारीलाई खटाएको थियो । त्यसबाहेक भारतले डोर्नियर विमान उडाउनका लागि मालदिभ्सको राष्ट्रिय प्रतिरक्षा बललाई सहयोग गर्ने प्रस्ताव पनि अघि सारेको थियो ।

मालदिभ्स आर्थिक समस्यामा फस्दै गर्दा राष्ट्रपति मुइज्जुले दीर्घकालीन प्रभाव पार्ने निर्णयहरू निकै सावधानीपूर्वक लिनुपर्ने विश्लेषण गरिएको छ । मालदिभ्स सरकारले वित्तीय दायित्व र आर्थिक स्थीरतालाई मध्यनजर गर्दै मुलुकको दीर्घकालीन समृद्धिलाई प्राथमिकतामा राखेर रणनीतिक निर्णयहरू गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ७ : २४ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून