युद्धविराममा ढिलाइप्रति गाजावासीद्वारा हमासको आलोचना « Khabarhub

युद्धविराममा ढिलाइप्रति गाजावासीद्वारा हमासको आलोचना


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी – केही गाजावासीले इजराइलसँगको युद्ध समाप्त गर्न असफल भएकामा हमासको आलोचना गरेका छन् । घेराबन्दी र सङ्घर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले गाजावासीको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ ।

‘हमासले प्यालेस्टिनी जनताको विनाशको युद्धमा नेतृत्व गरेको छ’, हमास नेतृत्वको प्यालेस्टिनी लडाकूहरू र इजराइलबीचको आठ महिनाभन्दा लामो युद्धका क्रममा दुई पटक विस्थापित भएका ६७ वर्षीय उम्म अलाले भने, ‘हमासका नेताहरूले यो युद्धलाई अन्त्य गर्न र प्यालेस्टिनी जनताको पीडा समाप्त गर्न चासो राखेका भए उनीहरू सम्झौतामा सहमत हुने थिए ।’

उनी दक्षिणी गाजापट्टीको प्रमुख सहर खान युनिसमा शरणको खोजीमा छन्। नयाँ युद्धविराममा पुग्न भएको ढिलाइका लागि हमास जिम्मेबार छ भनी एएफपीले गाजावासीहरूलाई सोधेको थियो ।

नोभेम्बरमा एक साताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका छन् । नोभेम्बरको युद्धविराममा एक सयभन्दा बढी बन्धक र इजराइली कारागारबाट दुई सय ४० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको थियो ।

मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतार पुनः एकपटक युद्ध समाप्त गर्नका लागि सम्झौतालाई अन्तिम रूप दिने कोसिसमा इजराइल र हमाससँग वार्तामा संलग्न छन् ।

यद्यपि सन् २००७ मा हमासले यस क्षेत्रमा कब्जा गरेपछि भय र प्रतिबन्धको वातावरणमा बसेका केही गाजावासी युद्धका कारण भएको भारी विनाशका लागि उनीहरूलाई दोषी मान्छन् ।

उत्तरी गाजामा बस्ने ५५ वर्षीय अबु इयादले भने, ‘हमासले हामीलाई हाम्रो पीडा र जीवनको विनाशको उपहास गरेको छ ।’ उनका तीन छोराछोरी अलग अलग स्थानमा आफन्तसँग बसेका छन् ।

उनले कतारले आयोजना गरेको हमासको राजनीतिक नेतृत्वमाथि निशाना बनाउँदै भने, ‘उनीहरू सुतिरहेका छन्, खाइपिई गरिरहेका छन् ।’

वासिङ्टन हाल सम्झौताका लागि नयाँ प्रयासमा लागेको छ । यसको रूपरेखा स्वयं राष्ट्रपति जो बाइडेनले मे ३१ मा दिएका थिए तर अहिलेसम्म युद्धरत दुवै पक्षबाट सम्झौता सुरक्षित गर्न बाँकी छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : ०४ बजे

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले