टी–२० विश्वकप : नेदरल्याण्डसलाई बंगलादेशले दियो १६० रनको चुनौती | Khabarhub Khabarhub

टी–२० विश्वकप : नेदरल्याण्डसलाई बंगलादेशले दियो १६० रनको चुनौती


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई १६० रनको चुनौती दिएको छ ।

सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ गरेको बंगलादशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५९ रन बनायो ।

उसका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे । ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए ।

त्यस्तै तान्जिद हसनले २६ बलमा पाँच चौका र एक छक्का सहित ३४ रनको योगदान दिए । महमुदुल्लाहले २५ रन बनाउँदा जाकर अलीले १४ रन बनाए ।

नेदरल्याण्डसका लागि आर्यन दत्त र पॉल भ्यान मिकरेनले दुईदुई विकेट लिए । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

यस अघि दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : १९ बजे

ट्रम्प राष्ट्रपति बनेपछि जेलेन्स्कीले भने- शक्तिशाली व्यक्तिलाई सफलताको शुभकामना

कियभ- युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नक्सालस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच

तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा

एजेन्सी– तालिबान सरकारले मंगलबार कतारको मध्यस्थतामा अमेरिकी कैदीहरूको बदलामा एक

‘सगरमाथा संवाद’को घोषणा गरिँदै

काठमाडौं– सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी ‘सगरमाथा संवाद’

स्वास्थ्यप्रति सचेत बन्दै आमाहरू

बलेवा– यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३०  देखि ३५