शिवपुरमा महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न « Khabarhub

शिवपुरमा महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दाङ – घोराही उपमहानगरपालिका ११ शिवपुरमा प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत ‘भिआइए स्क्रिनिङ’ शिविर सञ्चालन गरिएको छ । शिविरबाट स्थानीय महिलाहरु लाभान्वित भएका छन् ।

शिवपुर निवासी ६५ वर्षीया एक महिलालाई तल्लोपेट, ढाड, कम्मर दुख्ने समस्या थियो । घरको कामले गर्दा उहाँलाई जचाउन जाने समय मिलेको थिएन ।

घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा र वडा नं ११ को आयोजनामा भएको शिविरमा जाँच गराउँदा उनको पाठेघरको मुखमा घाउ भएको पत्ता लाग्यो । घर छेउमा उपचार गराउन पाउँदा उनी खुसी छन् ।

सोही वडाको ४३ वर्षकी एक महिलाको महिनावारी गडबडी हुने समस्या थियो । सबैलाई हुने समस्या होला भनेर उनीले अहिले सम्म जचाउन कतै गएकी थिइनन् । घरै छेउमा शिविर सञ्चालन भएपछि उनी पनि जचाउन पुगिन् । उनको पाठेघरमा मासु पलाएको रहेछ । उनको समस्याको पहिचान शिविरमा भएपछि निकै खुसी छन् ।

घोराही उपमहानगरपालिका जन स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले निरोगी हुनु पहिलो अधिकार भएकाले उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेका महिलालाई सेवा दिन पालिकाभित्रका स्वास्थ्य केन्द्रमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन् ।

महिला सधैँ अरुका लागि मात्रै सोच्ने भएकाले आफूलाई समय दिन नसक्दा अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्था जाने भएकाले जटिल रोगका सिकार भइ अकालमा ज्यान गुमाउने गरेको उनको भनाइ छ ।

वडा नं ११ का अध्यक्ष कुलबहादुर लामिछानेले महिलाले प्रजनन अङ्गको परीक्षण गर्न लाज मान्न नहुने बताए । क्यान्सरजस्ता प्राणघातक रोग लागेमा घरबार बेचेर औषधि उपचार गर्दा पनि निको नहुने भएकाले समयमै सचेत भएर परीक्षण गर्न आग्रह गरे ।

घरघर सेवा दिने उद्देश्यले स्वास्थ्यकर्मीसहितको टालीले स्वास्थ्य सेवा दिन थालेको उनले बताए । घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले महिला स्वास्थ्य सेवाबाट बञ्चित हुनुनपरोस् भनेर घरआँगनमा सेवा दिन शिविर आयोजना गरिएको जानकारी दिइन् ।

भिआइए परीक्षणबाट पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउने पहिलो चरणको परीक्षण भएकाले सबैले परीक्षण गर्न उनले आग्रह गरिन् ।

क्यान्सरका बिरामीलाई स्थानीय तहले केही रकम सहयोग गर्ने भएकाले दैनिक पाँच छ जना क्यान्सरका बिरामीको सिफारिस गर्नुपर्दा साह्रै मन दुख्ने गरेका कारण गत वर्षदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पाठेघरको भिआइए परीक्षण सुरु गरेको उपाध्यक्ष डिसीले बताइन् ।

शिवपुरको शिविरमा ६१ जना महिलाको प्रजनन स्वास्थ्यको परीक्षण गरिएको छ । जसमा पाठेघर खसेका १४ जना, क्यान्सरको शङ्का लागेका दुई जना, पाठेघरमा मासु पलाएका चार जना भेटिएका भिआइए स्थानीय स्रोत व्यक्ति विमला पौडेलले जानकारी दिइन् ।

अन्य बिरामीमा महिनावारी गडबडी भएका, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरमा घाउखटिरा भएका बिरामीले सेवा लिएको पौडेलले जानकारी दिइन् ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : ४३ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्