आतंककारीविरुद्धको कारवाहीमा चार पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु « Khabarhub

आतंककारीविरुद्धको कारवाहीमा चार पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा दुई जना सैनिक र दुई प्रहरी प्रतिआतंकवाद कारवाहीमा मारिएका छन् । गोप्य सूचनाका आधारमा सुरक्षा फौजले गरेको कारवाहीका क्रममा चार सुरक्षाकर्मी मारिएका हुन् ।

सुरक्षा फौजले ‘हाइ प्रोफाइल’ आतंकारीविरुद्ध गरेको कारवाहीका क्रममा उनीहरुको मृत्यु भएको पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क (आईएसपीआर) ले जनाएको छ ।

कारवाहीका क्रममा ती उच्च प्रोफाइलका आतंककारी अब्दुल रहिम र उनका दुई सहयोगी पनि मारिएको सेनाले उल्लेख गरेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पेशावर जिल्लाको हसन खेल क्षेत्रमा गरिएको उक्त कारवाहीमा मारिनेमा सेनाका २४ वर्षीय सिपाही मोहम्मद इद्रिस, ३४ वर्षीय सिपाही बदाम गुल, प्रहरीका २८ वर्षीय सब इन्सपेक्टर तजमिर शाह र ३८ वर्षीय असिस्टेन्ट सब इन्सपेक्टर मुहम्मद अक्रम रहेका छन् ।

मृतकप्रति राष्ट्रपति आशिफ अली जर्दारीले शोक व्यक्त गरेको डनले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको