सैन्य कारवाहीको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन « Khabarhub

सैन्य कारवाहीको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेनाले सञ्चालन गरेको सैन्य कारवाहीको विरोध गर्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शन भएको छ ।

स्थानीय बासिन्दा तथा मानव अधिकारवादी अभियन्ताहरुले खैबर पख्तुनख्वा प्रान्तको तख्तभाइ तहसिलमा प्रदर्शन गरेका हुन् ।

पाकिस्तानी सेनाले चलाएको अज्म ए इस्तेकाम नामक सैन्य कारवाहीको विरोधमा प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सैन्य कारवाहीका कारण स्थानीयहरु विस्थापित हुने जोखिम रहेको प्रदर्शनकारीको भनाइ छ ।

सरकारले सैन्य कारवाही भन्दा स्थानीय जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने प्रदर्शनकारीको माग छ ।

पाकिस्तानी अखबार द नेशनका अनुसार प्रदर्शनमा स्थानीय जनताका साथै राजनीतिक दलका स्थानीय नेताहरु, ग्राण्ड अवामी जिर्गाका प्रतिनिधि, ट्रेड युनियनका सदस्य, शान्ति परिषदका सदस्य तथा सञ्चारकर्मी एवम् मानव अधिकारवादीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ३३ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका