गोताखोरले भेटेनन् त्रिशूलीमा खसेका दुवै बस, खोजीको दायरा बढाइयो « Khabarhub

गोताखोरले भेटेनन् त्रिशूलीमा खसेका दुवै बस, खोजीको दायरा बढाइयो


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

चितवन– शुक्रबार बिहान पहिरोले सोहोरेर त्रिशूली नदीमा खसेका दुवै बस गोताखोरले पनि भेट्टाउन सकेनन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकबाट पहिरोले सोहोरेर त्रिशूलीमा डुबेका बसको अवस्था पत्ता लगाउन शनिबार बिहान गोताखोर पसेका थिए ।

सशस्त्रका दुई जना ग‍ोताखोर २० मिनेटसम्म नदीमुनि रहेर खोजी गरेका थिए। तर दुवै बस त्रिशूलीमा खसेको भनिएको सम्भावित स्थानको २० मिटर आसपाससम्म नभेटिएका हुन्।

खोजीका लागि त्रिशूलीमा पसेका एकजना गोताखोरले घटनास्थलस्थित सञ्चारकर्मीलाई बताएअनुसार ५० फिट गहिराइमा जाँदा पनि बसको अवस्था पत्ता नलागेको हो।

उनका अनुसार अर्का गोताखोरसहित मिलेर बस खसेको भनिएको स्थानको २० मिटर आसपास पानीमुनि खोज्दा सवारीसाधन र यात्रुको अवस्था खुल्न नसकेको हो ।

शनिबार सिमलताल आसपासको क्षेत्रमा मौसम राम्रो छ । त्यहीकारण खोजी र उद्धारमा सहज भएको छ । तर त्रिशूलीमा पानीको बहाव उच्च रहेकाले खोजीमा जटिलता कायमै छ । सशस्त्रका गोताखोरले पानीको मुख्य करेन्ट छिचोलेर खोजी गर्न मुस्किल परेको बताए ।

सम्भावित डुबेको स्थानमा नभेटिएपछि सशस्त्रका गोताखोरसहितको टोली १०० मिटर परसम्म खोजीका लागि फैलिएको छ ।

अहिले बस खसेको सम्भावित स्थानमा नेपाली सेनाको गोताखोरसहितको टोली खोजीमा जुटेको छ ।

त्रिशूलीमा पानीको बहाव उच्च रहेकाले बसलाई बगाएर अर्को स्थानसम्म पुर्‍याएकाे आशंका उद्धारमा सक्रिय सुरक्षाकर्मीले गरेका छन्।

शुक्रबार दिनभर खोज्दा बसका केही पर्दा, यात्रुका लुगासहितका सामान भेटिएका थिए । पहिरोले बस त्रिशूलीमा खसेपछि तीनजना यात्रु भने बाँच्न सफल भएका छन्।

काठमाडौँबाट गौरतर्फ गुडेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौरतर्फ गएको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ११ : ३० बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा