गोताखोरले भेटेनन् त्रिशूलीमा खसेका दुवै बस, खोजीको दायरा बढाइयो « Khabarhub

गोताखोरले भेटेनन् त्रिशूलीमा खसेका दुवै बस, खोजीको दायरा बढाइयो


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

चितवन– शुक्रबार बिहान पहिरोले सोहोरेर त्रिशूली नदीमा खसेका दुवै बस गोताखोरले पनि भेट्टाउन सकेनन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकबाट पहिरोले सोहोरेर त्रिशूलीमा डुबेका बसको अवस्था पत्ता लगाउन शनिबार बिहान गोताखोर पसेका थिए ।

सशस्त्रका दुई जना ग‍ोताखोर २० मिनेटसम्म नदीमुनि रहेर खोजी गरेका थिए। तर दुवै बस त्रिशूलीमा खसेको भनिएको सम्भावित स्थानको २० मिटर आसपाससम्म नभेटिएका हुन्।

खोजीका लागि त्रिशूलीमा पसेका एकजना गोताखोरले घटनास्थलस्थित सञ्चारकर्मीलाई बताएअनुसार ५० फिट गहिराइमा जाँदा पनि बसको अवस्था पत्ता नलागेको हो।

उनका अनुसार अर्का गोताखोरसहित मिलेर बस खसेको भनिएको स्थानको २० मिटर आसपास पानीमुनि खोज्दा सवारीसाधन र यात्रुको अवस्था खुल्न नसकेको हो ।

शनिबार सिमलताल आसपासको क्षेत्रमा मौसम राम्रो छ । त्यहीकारण खोजी र उद्धारमा सहज भएको छ । तर त्रिशूलीमा पानीको बहाव उच्च रहेकाले खोजीमा जटिलता कायमै छ । सशस्त्रका गोताखोरले पानीको मुख्य करेन्ट छिचोलेर खोजी गर्न मुस्किल परेको बताए ।

सम्भावित डुबेको स्थानमा नभेटिएपछि सशस्त्रका गोताखोरसहितको टोली १०० मिटर परसम्म खोजीका लागि फैलिएको छ ।

अहिले बस खसेको सम्भावित स्थानमा नेपाली सेनाको गोताखोरसहितको टोली खोजीमा जुटेको छ ।

त्रिशूलीमा पानीको बहाव उच्च रहेकाले बसलाई बगाएर अर्को स्थानसम्म पुर्‍याएकाे आशंका उद्धारमा सक्रिय सुरक्षाकर्मीले गरेका छन्।

शुक्रबार दिनभर खोज्दा बसका केही पर्दा, यात्रुका लुगासहितका सामान भेटिएका थिए । पहिरोले बस त्रिशूलीमा खसेपछि तीनजना यात्रु भने बाँच्न सफल भएका छन्।

काठमाडौँबाट गौरतर्फ गुडेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौरतर्फ गएको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ११ : ३० बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले