परराष्ट्र सचिव लम्सालबाट भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट | Khabarhub Khabarhub

परराष्ट्र सचिव लम्सालबाट भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

शुक्रबार नयाँ दिल्लीमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन लम्साल दिल्ली गएकी हुन् ।

बिहीबार सुरू भएको दुई दिने कार्यक्रमका क्रममा लम्सालले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गरेकी हुन्।

यसअघि बिहीबार सचिव लम्सालले भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १२ : ०८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय