साना दललाई समेट्नुपर्ने कारण मन्त्रीपरिषद्मा करेक्सन गर्नुपर्ने छ : उपाध्यक्ष पौडेल « Khabarhub

साना दललाई समेट्नुपर्ने कारण मन्त्रीपरिषद्मा करेक्सन गर्नुपर्ने छ : उपाध्यक्ष पौडेल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मन्त्रिपरिषद्‌मा केही करेक्सन गर्नुपर्ने भएकाले साना दललाई पनि कांग्रेस-एमाले सरकारमा सँगै लग्नुपरेको बताएका छन् । 

उनले राष्ट्रियलाई केही दलको बाहेक सबैको खाँचो भएकाले साना दलालाई पनि साथमा लिएर राष्ट्रिय सहमतिका लागि कांग्रेस एमाले अभिभावक हुनुपर्ने दाबी गरे । 

उनले भने, ‘कसलाई कति मन्त्रालय हुने भन्ने फाइनल भएको छैन । साना दललाई पनि  सँगै लानुपर्ने भएकाले कांग्रेस एमालेको सहमतिमा केही कुरा कम्प्रोमाइज गर्नुपर्ने छ । कांग्रेस एमालेले समान मन्त्रालय लिएर अरूलाई सिट सङ्ख्या अनुसार सहभागी गराउनुपर्ने समझदारी छ ।’ 

उनले शनिबार बेलुका वा आइतबार बिहानसम्ममा एक खालको खाका आउने दाबी गरे ।

उनले अगाडि भने, ‘कुन–कुन दल समावेश हुने त्यो अनुसार छलफल गरेर अगाडि बढ्छौँ । दुई दलले गरेको सहमतिमा केही कुरा सुधार गरेर अन्य दललाई समेट्ने छौँ ।’ 

कांग्रेस एमाले सरकारलाई, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले खुलेर साथ दिएका छैनन् । कांग्रेस एमालेले २ सय ७ भन्दा बढी संसद्को समर्थन नयाँ सरकारलाई हुने दाबी गरिरहेको छ । 

पौडेल एमालेबाट अर्थमन्त्री हुने बलियो सम्भावना छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १ : ०४ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई