त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो | Khabarhub Khabarhub

त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


47.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ ।  हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदीमा थप दुई जना पुरुषको शव भेटिएको हो । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।

चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो । शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हो होइनन् यकिन भने भइसकेको छैन । 

यसअघि चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको थियो ।

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : २१ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक