डिजिटल ठमेल निर्माणलाई अगाडि बढाइने « Khabarhub

डिजिटल ठमेल निर्माणलाई अगाडि बढाइने


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल ठमेल’का रुपमा अगाडि बढाइने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी भविश्वर शर्मा समूहको ‘उम्मेदवार परिचयात्मक’ कार्यक्रममा अध्यक्षका उम्मेदवार शर्माले ठमेललाई डिजिटल रुपमा अगाडि बढाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

‘हामीले स्थानीय सरकारसँगको सहकार्यमा ठमेलभित्रका देखिएका समस्या समाधान गरे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित ठमेललाई प्रविधिको विकाससँग जोड्न नसकेकाले डिजिटल ठमेललाई प्राथमिकतामा राखेका छौँ’, उनले भने ।

अध्यक्ष शर्माले आफू निर्वाचित भएर डिजिटल ठमेललाई पहिलो प्राथमिकतामा राखी पर्यटन विकास परिषद्को आफ्नो वेबसाइटमार्फत सम्पूर्ण व्यवसायी तथा घरधनीको तथ्यांक संकलन गरी स्वदेशी तथा विदेशी पर्यटकले आफूलाई चाहिने जानकारी सहजै प्राप्त गर्नसक्ने बनाउन लागिएको बताए । 

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरिने, शान्ति सुरक्षालाई व्यवस्थापन गरिने, ट्राफिक तथा फोहर व्यवस्थापन, तार तथा सडकबत्ती व्यवस्थापन, घरबेटी र व्यवसायीबीच सुमधुर सम्बन्ध राखिने उनले बताए ।

अध्यक्षका अर्का उम्मेदवार धुव्र अधिकारीले विगत कार्यसमितिले अगाडि सारेका सकारात्मक योजनालाई पूरा गर्न आफूले उम्मेदवारी दिन लागेको बताए। 

उनले व्यवस्थित ठमेल निर्माणका लागि यहाँभित्रका घरबेटी र व्यवसायीबीच सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । सफा, सुन्दर र सुरक्षित ठमेल आफ्नो संकल्प भएको अधिकारीले बताए ।

उक्त निर्वाचनमा दुवै समूहबाट उपाध्यक्ष पदका लागि सहदेव (विमल) धमला, राजीव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारले उम्मेदवारी दिएका छन् । सचिवमा पुण्यराम लागेजु र दिलीप (मिलन) कँडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ ।

सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाईं, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रञ्जयमान प्रधान, नवीन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईंले जानकारी दिए ।

परिषद्को २९औँ साधारणसभा तथा निर्वाचनका लागि एक हजार एक सय ९३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन्। 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : ४५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई