मुलुकलाई स्थायित्व दिन एमाले कांग्रेस मिल्नुपरेको हो : आनन्द पोखरेल « Khabarhub

मुलुकलाई स्थायित्व दिन एमाले कांग्रेस मिल्नुपरेको हो : आनन्द पोखरेल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का नेता आनन्द पोखरेलले मुलुकलाई स्थायित्व दिनको लागि पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको बताएका छन् ।

शनिबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भएको टिप्पणी गर्दै मुलुकलाई स्थायित्व दिनको लागि ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका हुन् ।

दुई दलबीच भएको सहमति शुक्रबारबाटै कार्यान्वयन सुरु भैसकेकोले अब बाँकी सहमतिका बुँदाहरू पनि विस्तारै कार्यान्वयन हुने बताए ।

कांग्रेस र एमालेबीच चौथो पटक संयुक्त सरकार बन्न लागेको भन्दै जनता र नागरिक समाजमा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने उनले बताए ।

यस्तै उनले आफूहरूले कांग्रेस र माओवादीको गठबन्धन तोड्नको लागि नीति नै बनाएको र त्यसमा दुई पटक सफल भएको जिकिर गरे ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : ५१ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा