भारतको विधानसभा उपचुनावमा ‘इन्डिया’ले १० सिट जित्दा भाजपालाई झट्का « Khabarhub

भारतको विधानसभा उपचुनावमा ‘इन्डिया’ले १० सिट जित्दा भाजपालाई झट्का


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा भएको विधानसभा उपनिर्वाचनमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले शानदार जीत हासिल गरेको छ ।

विभिन्न सात राज्यमा रिक्त भएको सीटमा गत बुधबार उपचुनाव भएको थियो । उपचुनावको मत परिणाम आज सार्वजनिक भएको हो ।

केन्द्रमा प्रतिपक्षी रहेको इन्डिया गठबन्धनले १३ मध्ये १० सिट जितेको छ । सरकार हाँकिरहेको भाजपा नेतृत्वको एनडीए गठबन्धन भने जम्मा दुई सीटमा खुम्चिएको छ । एक सीटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्‌ ।

इन्डिया गठबन्धनको प्रमुख घटक कांग्रेसले चार, तृणमूल कांग्रेसले चार, डीएमके र आम आदमीले एक/एक सीटमा जीत हासिल गरेका हुन्‌ ।

हिमाञ्‍चल प्रदेशको देहरा सीटमा राज्यका मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूकी पत्नी एवम्‌ कांग्रेस उम्मेदवार कमलेश ठाकुरले बीजेपीका होशियार सि‌ंहलाई ३२ हजारभन्दा बढी मतान्तरले पराजित गरेकी छिन् ।

तर मुख्यमन्त्री सुक्खूलाई भने उनकै गृह जिल्लाको हमीरपुरमा भाजपा उम्मेदवार आशिष कुमार शर्माले करिब १५ सय मतान्तरले पराजित गरिदिएका छन्‌ ।

हिमाञ्‍चलको नालागढ विधानसभा सीटमा कांग्रेसका हरदीप सिंह बावाले जीत हासिल गरेका छन्‌ ।

पश्चिम बङ्गालका चारै सीटमा तृणमूल कांग्रेसका उम्मेदवार विजयी भएका छन्‌ । तमिलनाडुको विक्रावन्डी सीटमा डीएमकेका अन्नियूर शिवा एक लाख २४ हजार मतले विजयी भएका छन्‌ ।

बिहारको रूपौली सिट निर्दलीय उम्मेदवार शंकर सिंहले जितेका छन्‌ । भाजपा शासित मध्य प्रदेशको अमरवाडा सिटमा भाजपाका प्रत्यासी कमलेश प्रताप शाह निर्वाचित भएका छन्‌ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ४६ बजे

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली