मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित « Khabarhub

मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको छ। शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिश कुमार सिंहले पेस गरेको आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो।

बैठकमा छलफलको क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिँदै उनले यसमा कुनै प्रकारले परिवर्तन नगरिएको बताए ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकार गठन हुँदा र बजेट बनाउदा थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नपाएको बताए । मुख्यमन्त्री सिंहले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरेर यस विषयमा छलफल गरेर नीति निर्माण गरेर अगाडि बढ्ने बताए ।

 उनले कृषि क्षेत्रको विकास गरेर मधेसको आम्दानी बढाउन सक्ने र आत्म निर्भर बनाउन सक्ने भएकाले यस तर्फ सरकार गम्भीर रहेको बताए । 

आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनैपनि प्रकारको कर लगाउन उचित नरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ४८ बजे

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देशहरू किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता